https://www.youtube.com/watch?v=hK0-h6esePA

काठमाडौं। पचासको दशकको सर्वाधिक लोकप्रिय नेपाली चलचित्र द कमाण्डोका नायक राजकुमार राईको रिटर्न ब्याँक भएको छ। गोर्खा सैनिकको जीवनकथामा आधारित विलकुलै नयाँ चलचित्र ‘सोल अफ द कमान्डो’ वाट नायक राईको रिटर्न ब्याँक भएको हो।

नायक राई अभिनित बुलन्द चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुने निश्चित भएको छ। आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४,२५ मा क्यानडा र नोभेम्बर १८ (मंसिर २ गते) नेपालमा प्रदर्शन हुने भएको छ। चलचित्रमा पूर्वगोर्खा सैनिक राजकुमार राई मुख्य कलाकारको भूमिकामा छन् । उनी उक्त चलचित्रका एक्सन एक्टर हुन् ।

नायक राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु र नायक राईकी छोरीको प्रमुख अभिनय रहेको छ। चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू छन् ।

निर्माता प्रस्तुतिकर्ता विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई रहेका छन् भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो । छायांकन दिर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराती, संगीत सन्तोष दुमी, आनन्द राई छन्। पोस्ट प्रोडक्सन विमल धमला र सीमा राई छन् । नायक राईले दिएको जानकारी अनुसार चलचित्र प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गरिने भएको छ।

को हुन् ग्रयान्ड मास्टर राजकुमार राई
ग्रयान्ड मास्टर राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी हुन् । उनी ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट होल्डर हुन। प्रारम्भिक दिनहरुमा उनी शौखिन खेलाडी थिए राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा धेरै पदकहरु जितिसकेका छन्।

सन् १९८४ सालबाट नै अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका उनले नेपाल र हङकङको प्रतिनिधित्व गरेर धेरै पदक जितिसकेका छन्। ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसीप, हङकङ नेसनल तेक्वान्दो च्याम्पियनसीप, एसियन तेक्वान्दो च्याम्पियनसीप, एसियन गेम, विश्व तेक्वान्दो च्याम्पियनसीप, साफ गेमहरुमा बेजोड प्रतिभा देखाएर नेपालको नाम विश्वमाझ चिनाउन सफल भैसकेका छन्।

नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान र अन्य देशहरुमा गई खेल जितेको थुप्रै रेकर्डहरु छन् । १९९९ सालको साफ गेममा स्वर्ण पदक, १९८४, १९८५, १९८७ र १९८८ सालमा लगातार ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसीप स्वर्ण पदक जितेको इतिहास छ । र अरु गेमहरु पनि धेरैनै जितिसकेका छन्। राई ऐमेच्योर बडीबिल्डर पनि हुन् ।

धर्मश्री नेपाल बडिबिल्डिङ च्याम्पियनसीप १९९९ मा रजत पदक जितेका राईले खेल क्षेत्रमा निरन्तर दिएको योगदानको कदर स्वरुप नेपाल सरकारले गोरखा दक्षिण बाहुबाट विभूषित गरिसकेको छ। नेपाली चलचित्र क्षेत्रलाई असाध्यै माया गर्ने भएकै कारण पचासको दशकमा चलचित्र द कमाण्डोवाट चर्चामा आएर एकैचोटी २२ बर्षपछि ‘सोल अफ द कमान्डो’ नामक अर्को चलचित्र मार्फत छलाङ मार्ने कार्य भएको छ। जुन ऐतिहासिक मानिएको छ।

https://www.youtube.com/watch?v=hK0-h6esePA

प्रकाशन मिति–२०७९ साल साउन १५ गते आइतवार ।