काठमाडौं। काठमाडौंको गौरब र शान ऐतिहासिक भीमसेन थापाको पालामा निर्मित धरहरा पुनःर्निर्माणको अन्तिम चरणमा पुगेको छ। पुरानो ऐतिहासिक धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावरको स्वरुप देखिन थालेको हो।

यसरी धरहराको नाममा नयाँ टावर बनिरहेको वर्तमान अवस्थामा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले असन्तुष्टि जनाएकी छन्। पुनःर्निर्माणको नाममा धरहराको इतिहास मेट्ने षडयन्त्र भैरहेको भन्दै उपमेयर श्रेष्ठले असन्तुष्टि जनाएकी हुन्। राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको धरहराको स्वरुम परिवर्तन हुंदै पुनःर्निर्माणको नाममा नयाँ स्वरुपमा नयाँ टावर बनिरहेको उपमेयर श्रेष्ठको ठहर रहेको छ।

उपमेयर श्रेष्ठले धरहरा पुनःर्निर्माणमा महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गर्न नसकेको स्वीकार्दै पुनःर्निर्माणको नाममा नयाँ आधुनिक टावर वनाएर धरहराको इतिहास मेट्न खोजेको पर्दाफास गरेकी छन्।

विसं.२०७२ सालको महाभूकम्पवाट ध्वंस्त बनेको धरहराको मौलिक रुपमा पूनःर्निर्माण गर्न र गराउन अनेक प्रयास काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यवाट भएतापनि व्यापक विरोध भएपछि राष्ट्रिय पूनःर्निर्माण प्राधिकरणले यसमा हात हालेको हो। प्राधिकरणले पूनःर्निर्माण गर्न थालेपछि प्राय सवै मौन बनिरहेको अवस्था थियो।


प्रकाशन मिति–२०७७ साल माघ ६ गते मंगलवार ।