काठमाडौं। धरानका मेयर तिलक राई काठमाडौंमा सम्मानित बनेका छन्। काठमाडौँमा धरान सरोकार समाजद्वारा आयोजित कार्यक्रममा धरानका नव–निर्वाचित मेयर तिलक राई सम्मानित बनेको हो।

वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं भन्ने सन्देश बोकी काठमाडौँमा रहेका धरानेहरु मिलि धरानको बिकास निर्माणमा हातेमालो गर्ने उदेश्यले स्थापित धरान सरोकार समाज काठमाडौँले हालै सम्पन्न उपनिर्वाचनमा नवनिर्वाचित धरानका मेयर तिलक राईलाई काठमाडौंमा स्वागत तथा सम्मान गरेको हो।

कार्यक्रममा धरान सरोकार समाज काठमाडौँका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ र सल्लाहकार यज्ञप्रसाद आचार्यलेले खादा तथा फूलको बुकी र सम्मान पत्रले धरानमा नवनिर्वाचित मेयर राईलाई सम्मान गरेका थिए। त्यस्तै,धरानको उपमेयर मंजु भण्डारीले सोही समारोहमा मलेसियामा गत असोजमा सम्पन्न मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को बिजेता बन्न सफल प्रियारानी लामा लाई सम्मान गरेकी थिइन्।

त्यस्तै नवनिर्वाचित मेयर राईले वादको बिवाद नगरौं, धरानको विकाश निर्विवाद गरौं भन्ने धरान सरोकार समाजको मुलमन्त्रले आफूलाई निक्कै छोएको भन्दै धरानको बिकासको लागि कुनै पार्टीबिशेषको नभएर हाम्रो धरानको बिकास गर्नका लागि धरान नगरपालिका र धरान सरोकार समाज काठमाडौँसंग पनि सहकार्य गरेर काम गर्ने बताए।
प्रकाशन मिति–२०७६ साल पुस २७ गते आइतवार ।