ललितपुर। फलाम, पितल, तामा, सुन, चाँदी जस्ता धातुमा मुखाकृति बनाउने कला तालिम प्रारम्भ भएको छ। ललितपुर महानगरपालिकाको सहकार्य तथा सहयोगमा संकल्प विकास केन्द्र नेपालले यस तालिमको आयोजना गरेको हो।

१० दिने यस धातुमा मुखाकृति बनाउने कला तालिमको सोमवार ललितपुर महानगरपालिका वडा नंबर २० का वडा सदस्य धनकाजी शाक्यले पानसमा दीप प्रज्ज्वलन गरेर शुभारम्भ गरेका हुन्। ललितपुरकै अग्रज पत्रकार तथा संचार मिडिया ग्रुप प्रालिका अध्यक्ष नारायण राईले धातुमा मुखाकृति बनाउने कला तालिम अत्यन्त उपयोगी भएको बताए।

ललितपुर महानगरपालिका वडा नंवर ६,१२,१६,१९ र २० लक्षित यस तालिम कार्यक्रममा ललितपुरका स्थानीयको उत्साहप्रद सहभागिता रहेको तालिम कार्यक्रम संयोजक श्याम स्मृतले बताएका छन्।

१८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य ललितपुरकै प्रसिद्ध कालिगढ कलाकार श्रीराम श्रेष्ठवाट भैरहेको छ। धातुकलामा प्रशिक्षक श्रेष्ठको ३२ बर्षभन्दा पुरानो खारिएको अनुभव रहेको छ। तालिम कार्यक्रम बैशाख १२ गतेसम्म हुने भएको छ।

प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।