ललितपुर। अविरल बर्षाको कारण काठमाडौं उपत्यकाका कतिपय डाँडापाखाका बस्तीहरु पनि जोखिममा पर्ने गरेको छ। त्यस्तै ललितपुर महानगरपालिका वडा नंबर २४ स्थित धापाखेलको पशुपति टोलका नौघर पनि पहिरोको जोखिममा परेको छ।

पहिरोको जोखिममा परेका ती नौघरका परिवारलाई स्थानीयले आ–आफ्ना घरमा राखेर उनीहरुको व्यवस्थापन नहुञ्जेल सहयोग गरेको जानकारी प्रतिष्ठित सामाजिक अभियन्ता युद्धविक्रम तामाङले भिजन संसार डटकमलाई वताएका छन्।

सोही टोलका स्थानीय युद्धविक्रम तामाङले आफ्नो घरमा एक परिवारका सवै सामान सहित उचित वसोवास गर्ने व्यवस्था मिलाएका छन्।

त्यसैगरेर, शुक्रवार पहिरोको जोखिमवाट पीडित नौघर परिवारका लागि आवश्यक राहत सामाग्री पनि युद्धविक्रम तामाङले व्यक्तिगत रुपमा नै सहयोग स्वरुप प्रदान गरेका छन्।

यसअघि सामाजिक अभियन्ता तामाङले बाह्रबिसे बाढीपहिरो पीडितहरुलाई यसरी नै सहयोग प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७७ साल साउन ९ गते शुक्रवार ।