काठमाडौं। नेपाली चलचित्रका तपस्वी नै मानिएका धुरन्धर लेखक मौनता श्रेष्ठको लेखन रहेको युगिन चलचित्र आँधी तुफानको सिक्वेल बन्ने भएको छ। जसको नाम ‘आँधी तुफान २’ राखिएको छ। यही भदौदेखि यस चलचित्रको छायाँकन शुरु हुने भएको छ।

यस चलचित्रका लेखकसमेत रहेका निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान २’ को हाल गीत रेकर्डिङ र प्रिप्रोडक्सन कार्य भैरहेको वताएका छन्। हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीतमा ‘आँधी तुफान २’ लागि एक गीत सोमबार रेकर्ड भएको छ। एक्सनले भरिएको ‘आँधी तुफान’मा तीन अभिनेत्री पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेलगायतको मुख्य भूमिका रहेको थियो।

यी कलाकार अहिले अभिनयमा सक्रियन नभएकोले सिक्वेलमा अहिले चलेका कलाकार रहने भएका छन्। मौनताले लकडाउन अवधिमा ‘आँधी तुफान २’ को लेखन सम्पन्न गरेका थिए। सत्यघटनामा आधारित रहेर निर्माण हुन लागेको चलचित्र ‘आँधी तुफान २’ कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्। चलचित्रको केही दिनमै कलाकार र निर्देशक सार्वजनिक गर्ने योजना निर्माण युनिटले बनाएको छ।


प्रकाशन मिति–२०७७ साल साउन १६ गते शुक्रवार ।