Palpasa Dangol 7काठमाडौ। डान्सकी बिजनेश वुमनको रुपमा निक्कै ख्याति कमाएकी चर्चित अभिनेत्री पल्पसा डंगोल चम्सुरी नामवाटै ब्राण्डेट बन्न थालेकी छन्। लामो भागको हाँस्य सिरियल मेरी बाँस्सैबाट चम्सुरी बनेकी चम्सुरी पल्पसा डंगोल देश र देश वाहिर हाल चर्चाको शिखरमा रहेकी छन्। कतिपय स्थानमा चम्सुरी एक्लैले पनि स्टेज तताउने कार्य गर्दैआएकी छन्।

Palpasa Dangol 9

 

एक्लैले कमेडी अभिनय गर्नुको अलावा कमेडी डान्स समेत गरेर सवैको मन जित्दैआएकी चम्सुरीले केही दिनअघि नेपालीहरुको बाँक्लो संख्या रहेको मलेसियामा समेत नाम तथा प्रतिष्ठा कायम गरेर आएकी छन्। मलेसियामा चर्चित अभिनेत्री प्रियंका कार्कीसँगको चम्सुरीको दोस्ती पनि गजबले जमेको देखियो भन्नेहरु मलेसियामा पाइएको छ।

Palpasa Dangol 4मलेसिया स्थित भिजन संसार समाचारदाताका अनुसार त्यहाँ प्रियंका कार्कीको जतिकै क्रेज चम्सुरीको पनि देखिएको छ। चम्सुरीको अटोग्राफ लिन आउने भीडले पनि त्यस कुरालाई पुष्टि भएको देखिन्छ। अर्कोतर्फ मेरी बाँस्सैका छोरी–ज्वाई सुन्तली तथा धुर्मुसको बस्ती विकास कार्यमा पनि फुर्सदको बेलामा मज्जाले सघाउंदै आएकी चम्सुरीलाई धुर्मुस–सुन्तलीकी आमा तथा सासुआमाको रुपमा पनि सवैले चिन्ने गरेको छ।

Palpasa Dangol 1

यसले गर्दा पनि धुर्मुस–सुन्तली साथ रहेको कुनै कार्यक्रममा गर्वका साथ यी मेरा छोरी तथा ज्वाई हुन भनेर परिचय दिने गर्छिन्। देश तथा विदेशका स्टेज कार्यक्रममा भ्याइं–नभ्याइँ बनिरहेकी चम्सुरी फुर्सदमा चलचित्र खेल्न पनि टाइम मिलाइहाल्छिन्।

Palpasa Dangol 3केही दिनअघि मात्र विन्दास लाइफ नामक नयाँ फिल्ममा पनि गजबको अभिनय गरेकी छन्। अर्कोतर्फ म्युजिक भिडियो तथा टेलिफिल्म र टेलिविज्ञापनहरुमा उनको व्यस्तता कायमै रहेको छ। निरन्तरताको अर्को नाम चम्सुरी बनेकी छन्। फिल्मी अभिनय करियरको दुई दशकको निरन्तरतामा अगाडि बढिरहेकी उनमा यस क्षेत्रवाट निराशा होइन, धेरै आशा र खुशीहरु पाएकी छन्। त्यसैले त यतिका बर्ष मज्जाले काम गरिरहेकी छु भनेर उनले भनेकी छन्।

Palpasa Dangol 2प्रकाशन मिति–२०७३ साल फागुन १७ गते मंगलवार ।