Dhurmush-Suntali who make Newly true Nepal

Dhurmush-Suntali who make Newly true Nepal

काठमाडौ। नेपालका चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अर्को महत्वाकांक्षी परियोजना अघि सारेका छन् । यसअघि तीनओटा नमुना बस्ती बनाइएको धुर्मुस–सुन्तली फाउन्डेसनले ५ अर्ब रुपैयाँ बराबरको ‘नमुना नेपाल परियोजना बनाउने घोषणा गरेका हो।

Namuna Basti Nepal 1

सोमवार आयोजित घोषणा कार्यक्रममा ५ अर्ब रुपैयाँको लागतमा बन्ने उक्त परियोजना सिंगो देशलाई चिनाउने गरी निर्माण गरिने पनि भनिएको छ। नेपालका समग्र जातजातिलाई एउटै कम्पाउन्ड भित्र समेट्ने गरी निर्माण गरिने सामूहिक बस्तीले नेपालको परिचय दिन महत्वपूर्ण भूमिका खेल्ने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउंछन्।

Namuna Basti Nepal 2

नमुना नेपालभित्र बुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनोरेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्रहालय लगायतका रहनेछन् । शिलन्यास गरेलगत्तै परियोजना सम्पन्न गर्ने मिति घोषण गर्ने जिकिर पनि उनीहरुले गरेका छन् । कार्यक्रम परियोजना घोषणालगत्तै मुक्तिनाथ विकास बैंकले उक्त परियोजनाका लागि १० लाख र अल्का अस्पतालले २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

Namuna Basti Nepal 4 Namuna Basti Nepal 3 Namuna Basti Nepal 5


प्रकाशन मिति–२०७४ साल जेष्ठ २२ गते सोमवार ।