Dhurmus Bastima KP Oli 1काठमाडौ। मेरी बाँस्सैका हाँस्यकलाकार दम्पत्ति धुर्मुस र सुन्तलीले निर्माण गरेको धुर्मुस–सुन्तली एकिकृत नमूना बस्ती हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आइतवार पुगे।

काभ्रेपलान्चोकको डांडागाउँस्थित पहरी बस्तीमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यका साथमा पुगेका थिए। गत बैशाख १२ र २९ गते गएको महाभूकम्पले ध्वँस्त बनाएको उक्त स्थानमा अल्पसंख्यक पहरी बस्तीमा १८ पहरी परिवारका लागि मेरी बाँस्सैका धुर्मुस दम्पत्तिको सक्रियतामा चार महिनाभित्र बसोबासको उपयुक्त बस्ती निर्माण भएको हो।

Dhurmus Bastima KP Oli 2

उक्त बस्ती अवलोकन गरेपछि प्रधानमन्त्री ओलीले धुर्मुस दम्पत्तिको कामको उच्च–प्रशंशा समेत गरे। धुर्मुस–सुन्तलीले असार साउनको झरीमा हाँस्य टेलिश्रृंखला मेरी बास्यै, भद्रगोल, सगुन डटकमसँगै अन्य थुप्रैको सहयोगमा आफूले खटेर बनाएका हरेक संरचनाबारे बताए। धुर्मुस सुन्तलीले सोही ठाउँका बाँकी रहेका भूकम्प प्रभावित पहरीहरुले पनि यस्तै घरको माग गरेको सुनाए। यति मात्र नभई उनीहरुले महोत्तरीको मुसहर बस्तीमा पुग्दा देखेको विकराल अबस्था बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराए।

प्रकाशित मिति–२०७२ साल माघ १८ गते सोमवार।