Dhurmush Suntali.1

काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाएको छ।

Dhurmush Suntali.2प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा.गोविन्दराज पोखरेलको अध्यक्षतामा मंगलवार बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने निर्णय गरेको हो।

Dhurmush Suntaliभूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो निर्णय गरेको हो। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनःनिर्माणका क्रममा एकीकृत बस्ती निर्माण सम्पन्न गरेका छन् भने हाल महोत्तरीको मुसहर बस्तीमा पनि एकिकृत बस्ती निर्माण गरिरहेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन १० गते मंगलवार ।