Basundhara Bhusal Award 1काठमाडौ। नेपालकी बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल तथा उनको श्रीमान चेतनारायण भुसालको नाममा स्थापित चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार प्रदान गरिएको छ। २०७१ र २०७२ सालको एकमुष्ठ पुरस्कार आइतवार आयोजित कार्यक्रममा व्यक्तिलाई नदिइकन संस्थालाई दिइएको छ।

बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालको प्रमुख आतिथ्यमा बरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले धुर्मुस–सुन्तली फाउण्डेसनलाई नगद ५१ हजार राशीको उक्त पुरस्कार प्रदान गरेका छन्। फाउण्डेसनकी कोषाध्यक्ष सुन्तली कुञ्जना घिमिरेलाई पुरस्कार राशी हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा नेपालको प्रथम रंगिन चलचित्र कुमारीकी नायिका चैत्यदेवीको पनि उपस्थिति थियो।

धुर्मुस–सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा विनाशकारी भूकम्प पीडितहरुको लागि बस्तीविकास कार्य तिव्र रुपमा गरिरहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।