काठमाडौं। लोक गायिका तथा मोडल लक्ष्मी आचार्य यतिखेर खुल्न चाहेकी छैनन्। जति धेरै पहिला खुलेर व्यापक चर्चाको शिखरमा पुगेकी लक्ष्मी आचार्य अव भने आफूलाई सम्हाल्न थालेकी छन्।

दुई–अढाई बर्षअगाडि मनको आएको कुरा निस्फिक्री मज्जाले भन्दा व्यापक हंगामा पनि भयो र चर्चा पनि निक्कै भयो भन्ने लक्ष्मी आचार्य भिजन संसार डटकमसंगको भेटमा निक्कै नै शालिन मुद्रामा प्रस्तुत भएकी छन्।

दुई–अढाई बर्षअगाडि जस्तो जथाभावी बोल्न र जथाभावी फोटो खिच्न तथा खिचाउने कार्यमा पनि आफूले छाडिसकेको पनि लक्ष्मी आचार्यले बताएकी छन्। जस्तो फोटोमा देखिएकी लक्ष्मी आचार्य र युट्युब च्यानलहरुमा प्रस्तुत भएकी लक्ष्मी आचार्य जस्तो वास्तविक जीवनमा नभएको जिकिर गर्ने कार्य पनि लक्ष्मी आचार्यवाट भएको छ।

विभिन्न अत्यन्त ग्ल्यामर फोटा तथा उत्तेजक युट्युब च्यानलका अन्तरवार्ताहरुले निक्कै नै चर्चाको शिखरमा पुगिरहेकी लक्ष्मी आचार्य आफू गायन कलामा नै व्यस्त बनिरहेको तथा स्टेजका प्रोग्रामहरुमा गाउन भ्याइँनभ्याइँ भैरहेको पनि भन्छिन्।


प्रकाशन मिति–२०७५ साल माघ १ गते मंगलवार ।