काठमाडौ। पछिल्लो समय अडियो सीडी एल्बम लोप हुने अवस्थामा पुगेको छ। यसको स्थानमा म्युजिक भिडियो निर्माण गरेर विश्वव्यापी रिलिज गर्ने क्रमको बाढी नै आएको छ।

यसै क्रममा चर्चित गीतकार मित्र केसीको गायन रहेको ‘जादैछु म धेरै टाढा……’ बोलको गीतको भिडियो रिलिज भएको छ। भिडियोका निर्माता राजकुमार महर्जन हुन्।

यो गीतमा शब्द, संगीत गायक स्वयंमको रहेको छ। एकता मगरको छायाँङ्न, मिना लामाको निर्देशन रहेको गीतमा राजेश श्रेष्ठ, सविना लो तामाङ, राजकुमार महर्जनकोे अभिनय रहेको छ। म्युजिक भिडियो व्हाईट पिगन मिडियाको ब्यानरमा निर्माण भएको हो।

https://www.youtube.com/watch?v=HHo0Y1Wox2I&feature=youtu.be

प्रकाशन मिति–२०७५ साल साउन २७ गते आइतवार ।