काठमाडौं। स्वभाविक अभिनयका माहिर अभिनेता ध्रुब दत्तको यो महिना सटमूबी शुन्य पछि अर्को म्युजिक भिडियो रिलिज भएको छ। सनमकुमार बैरागव्दारा निर्देशित शटमूबी शुन्यमा कोरोना कहरको कारण नेपालमा आमा वित्दा पनि जान नपाएको विवश छोराको मार्मिक अभिनय गर्ने अभिनेता ध्रुव दत्तले लोकप्रिय गायिका मेलिना राईको गायन रहेको यो कस्तो माया बोलको गीतमा भने, एन्टी हिरोको रोलमा अभिनय गरेका छन्।

सटमूबी शुन्यवाट वाहवाही पाएका अभिनेता दत्तले यो कस्तो मायावाट गाली पाउने देखिएको छ। कलाकारको सफलता भनेको नै ताली र गाली दुवै हो। यो दुवै स्वभाविकतामा जमेका अभिनेता दत्त अभिनित म्युजिक भिडियो यो कस्तो मायाको बेलायतवाट रिलिज भएको छ। बेलायतमा छायाँकन भएको यो कस्तो मायाको बोलको भिडियोमा अभिनेता दत्तको साथमा निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको छ।

उक्त भिडियो लण्डन निवासी कुशल श्रेष्ठले निर्देशन गरेका हुन। ज्योति गुरुङको शब्द सृजनामा संगीत अर्जुन सुनामको रहेको छ। भिडियोमा पछिल्लो पुस्तामा देखिएको कथित मायाको विकृत रुप चित्रण गरिएको छ। वैँश छँदा प्रेम, रोमान्स गर्ने अनि स्वार्थ पूरा भएपछि वियोग जस्ता समाजमा देखिएका घट्नालाई जस्ताको त्यस्तै भिडियोमा देखाउन निर्देशक कुशल श्रेष्ठ सफल देखिएका छन्।

चोखो प्रेमको वाचा कसम खाएको प्रेमी अवैध गर्भधारण गराएर निर्दोष नारीलाई कतिसम्म पीडा दिन सक्छन् भन्ने कथा निर्देशक श्रेष्ठले साढे ६ मिनेटको भिडियोमा गज्जबसँग उतारेका छन्। एउटी नारी प्रेमीको भरपर्दा कुन हदसम्म अन्यायमा पर्छन् भन्ने अहिलेको सामाजिक यथार्थ चित्रण भिडियोले गरेको छ। भिडियोको छायांकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठले नै गरेका हुन।

https://www.youtube.com/watch?v=d7vvpc5tK_M&feature=emb_logo

प्रकाशन मिति–२०७७ साल असोज १३ गते मंगलवार ।