https://www.youtube.com/watch?fbclid=IwAR3tPHohxz4rw2FsPUFcelt-G2jxdHrEwsQm4zK5U9tWmKk87AehdqA8RoM&v=AFnlCo5GBTI&feature=youtu.be

काठमाडौं। नेपाल वाहिर प्रवास बेलायतमा बसेर एक पछि अर्को गरेर सर्वाधिक नेपाली चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दैआएका स्वभाविक अभिनयका धनी अभिनेता ध्रुब दत्त अभिनित पछिल्लो नेपाली सटमुबी रिलिज भएको छ। सहारा नामक समसामयिक सटमुबी बेलायतवाट रिलिज भएको हो।

बेलायतमा कोरोना महामारीको दोश्रो नयाँ संक्रमण देखा परेपछि कडा गरिएको लकडाउनले धेरैको रोजगारी खोसिएको छ। त्यसमा नेपालीहरु पनि व्यापक प्रभावित बनेका छन्। यसक्रममा एक नेपाली दम्पत्तिको कथालाई सहारा सटमुबीले वोकेको छ। जसमा पत्नीको रोजगारी गुमेपछि पतिको सहारामा बस्दाको पीडा तथा त्यसले ल्याएको कलह अनि दुःखान्त अन्त्यलाई स्वभाविक रुपमा सटमुबी सहारामा देखाइएको छ।

जसमा ध्रुब दत्त, सिर्जना निंगलेकु र पुरु रंगकसु राईको विशेष अभिनय रहेको छ। छायाँकन तथा सम्पादन कुशल श्रेष्ठले गरेका छन्। संगीत आशिष राजले दिएका छन्। लेखन तथा निर्देशन पुरु राईको रहेको छ।

https://www.youtube.com/watch?fbclid=IwAR3tPHohxz4rw2FsPUFcelt-G2jxdHrEwsQm4zK5U9tWmKk87AehdqA8RoM&v=AFnlCo5GBTI&feature=youtu.be

प्रकाशन मिति–२०७७ साल पुस १८ गते शनिवार ।