काठमाडौं। नेपाली चलचित्रकी नंबरी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वीच विवाह भएको छ। विहीवारको शुभ–साइतमा भव्य समारोह वीच कार्की र जोशीवीच विवाह भएको हो।

नंबरी नायिका कार्कीले नायक जोशीसंग ललितपुर जिल्ला अदालतमा गएर कोर्ट म्यारिज गरेका हुन। दुवैवीच गत बर्षको असार महिनामा इन्गेजमेन्ट भएको थियो।

लामो समयदेखि नायक जोशीसंग प्रेममा रहेकी नंबरी नायिका कार्की र नायक जोशीले अलग अलग समयमा विवाह अगाडि ब्याँचलर पार्टी दिएका थिए। जुन निक्कै चर्चाको विषय बनेको थियो।
प्रकाशन मिति–२०७६ साल फागुन १५ गते विहीवार ।