काठमाडौं। नेपाली हांस्य व्यंग्य क्षेत्रमा नक्कली प्रचण्ड भनेर निक्कै नै ख्याति कमाएका हांस्य कलाकार घनश्याम गौतमको तिखो व्यंग्य बाणको झटारो आएको छ। सवैलाई तीनछक्कै अठारै दंग पार्ने तिखो व्यंग्य बाण लुटतन्त्र मार्फत नक्कली प्रचण्डले झटारो हानेको हो।

यो बर्षको गाईजात्राको अवसर पारेर नक्कली प्रचण्डले बर्षभरिको विसंगति र बेथितिहरुको भण्डाफोर गरेर लुटतन्त्र मार्फत लुट्नसम्म लुटेकाहरुको भण्डाफोर नै गर्ने कार्य मज्जाले गरेका छन्। जसमा कुनै भ्याट लगाएको छैन्।

लुटतन्त्रमा समसामायिक राजनितिक बिषय बस्तुलाई र नेताहरुको अकर्मण्यता माथी तिखो ब्यङ्ग प्रहार गरिएको छ डाँडाघरे साइली गीतमा प्यारोडी बनाइएको छ। उक्त गीतमा नक्कली प्रचण्ड उही कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छन्।

कोचे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको लुटतन्त्रमा सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेले, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दँगाल, बिष्णु रोक्का ,सबिता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री,खगेन्द्र गुरागाई, मनकुमार बिस्वकर्मा र सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायतले नक्कली प्रचण्डलाई साथ दिएका छन् ।

प्रकाशन मिति–२०७९ साल साउन २५ गते बुधवार ।