Chhande Gopal Dhakal 1काठमाडौ। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाको क्यारिकेचर गर्न त्यति सहज छैन्। असहज क्यारिकेचरलाई पनि सहज ढंगवाट गर्ने कार्य यतिखेर छन्दे उपनामले ख्यातिप्राप्त हाँस्य–कलाकार गोपाल ढकालवाट भएको छ।

त्यो पनि एक सिरियलमा मात्र नभइकन दुई सिरियलमा शेरवहादुर देउवाकै क्यारिकेचर गरेर टेलिभिजनका दर्शक हसाउंने कार्य कलाकार ढकालवाट भैरहेको छ। जसवाट छन्दे ढकालको वाहवाहीमा दिनप्रतिदिन बृद्धि भैरहेको छ।

कान्तिपुर टेलिभिजनवाट यतिखेर नियमित रुपमा प्रसारण भैरहेको हिट सिरियल ट्वाक्क–टुक्क रिटन्स र एचडी टेलिभिजन एपी वानको दश–पाँच नामक सिरियलमा शेरवहादुर देउवाको हुबहु क्यारिकेचर गरेर दर्शकलाई तीन छक्क पार्ने कार्य छन्दे गोपाल ढकालवाट भएको छ।

कतिले यी दुई सिरियलको क्यारिकेचरको कारण छन्दे ढकाललाई नक्कली शेरवहादुर देउवा पनि भन्न थालिएको छ।

Chhande Gopal Dhakal 2प्रकाशन मिति–२०७४ साल भाद्र १५ गते विहीवार ।