Photo By Bishal Khadka
Photo By Bishal Khadka

काठमाडौ। काठमाडौको नक्साल बाल मन्दिर रोडवाट नक्साल भगवती बहाल जाने रोडको वीचमा पर्ने सडक आइतवार विहान ६.३० बजे एकाएक भ्वाङ्ग परेको छ।

विगत एक बर्षयता नजिकै बनाइरहेको ठूलो संरचनाको कारण त्यस सडकलाई व्यापक असर पर्न गएको प्रत्यक्षदर्शीहरुले भनेका छन्। विहान एकाएक त्यसरी सडकको आधा भागजसो भ्वाङ्ग परेर प्वाल परेपछि डर तथा त्रास पैदा भएको थियो।

यद्यपि, उक्त सडकमा कुनै जन–धनको क्षति नभएको प्रहरीले जनाएको छ। हाललाई त्यस सडकमा प्रहरीले सवारी आगमनलाई प्रवेश निषेध गरिएको छ।
प्रकाशन मिति–२०७३ साल पुस २४ गते आइतवार ।