काठमाडौं। ललितपुरको नख्खुस्थित एनसेलको टावरमा लक्षित गरी गएराति गराइएको बम विष्फोटमा परी घाइते बनेको तीनजना बटुवा मध्ये एकजनाको मृत्यु भएको छ।

ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये लमजुङका सिंहप्रसाद गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो।

गम्भीर घाइते बनेका गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले भनेको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशन मिति–२०७५ साल फागुन ११ गते शनिवार ।