jiya KC kissकाठमाडौ । दीपक श्रेष्ठ निर्देशित हो यही हो माया मा पहिलो पल्ट अभिनय गर्दा हट नायिका जिया केसीको राम्रै तारिफ भएको थियो । प्रेमकथामा आधारित उक्त फिल्ममा राज तिमल्सिनाकी प्रेमिकाको भूमिका निर्वाह गरेकी जियाले केही दृश्यमा वन पिस त्यो पनि घुँडा छोप्ने गरी लगाएकी थिइन्
त्यसरी अभिनय गरेको उक्त पहिलो फिल्म रिलिज नहुँदै जियाको चर्चा एकाएक अकाशियो । त्यो पनि राम्रो अभिनयका कारण नभइकन उत्तेजक सिनले हो । चलचित्र यही हो माया पछिका युज, एटीएम, बर्बाद नामक चलचित्रमा उत्तेजक सिन दिएपछि जिया त्यसरी चर्चामा आएकी थिइन् । जिया अभिनित चलचित्र एटीएमलाई प्रशासनले अश्लिल भनेर केही महिना रोक समेत लगाएको थियो ।

atm-ka-naika-ko-sexy-poj
एटिएममा जियासँगै काम गरेकी अर्की नायिका सोनिया शर्माले पनि जियाकै स्टाइलमा उत्तेजक सिन दिएकी थिइन् । त्यसरी सिन दिएपछि रातारात हिट हुन्छ भन्ने सोच राखेकी सोनियाले काठमाडौमा फोटोग्राफर कविन्द्र शाक्यको काठमाडौ क्रेज नामक वेबसाइटको लागि जियालाई नै आफ्नो बक्षस्थल समात्न लगाएर अर्को उत्तेजक फोटो खिच्न लगाएर चर्चा पाउने कोशिश गरेकी थिइन्। त्यस फोटोबाट चर्चा भन्दा बढी उनलाई अश्लिल गाली बर्सियो ।

कुनैबेला काठमाडौका विभिन्न रेडियो एफएमहरुमा कलंकीबाट फोन गरिरहने सविना कार्की पनि जिया र सोनिया अभिनित चलचित्र एटिएममा नै नायकलाई जानाजानी स्तन समाउन दिएर सस्तो चर्चा पाउने कोशिश गरेकी थिइन् । चर्चा पाउन जस्तो सिन पनि दिन तयार भनेर स्टेटमेन्ट दिने उनै नायिका कार्की धेरै समय त्यस्ता सस्ता सिन दिएर चर्चामा रहन सकिनन् । नेपाली सेनाका जागिरे पिताले दर्रो थर्काएपछि चलचित्र उद्योगबाट हाल टाढै रहेर बसेकी छन् ।

Soniya KCचलचित्र सिलसिलामा नायक नायक राज तिमल्सेनासँग टङ्गकिस गरेर व्यापक चर्चामा आएकी नायिका सोनिया केसीको हालत पनि त्यस्तै रहेको छ । सिलसिला पछि केही चलचित्रमा देखिएतापनि केसीलाई नेपाली चलचित्रका दर्शकहरुले खासै रुचाएनन् । टङ्गकिसबाट नजमेपछि राम्रो स्टोरी तथा तकडा रकम पाएमा ब्लु–फिल्म पनि खेल्न तयार छु भनेर स्टेटमेन्ट दिने उनलाई ब्लु–फिल्म खेलाउने बहादुर कोही निस्केनन् । अन्तत्वगोत्व कोही धनाढ्यसँग घरजम गरेर हाल चुपचाप बसेको बताइन्छ।

Binita Baral with red sadi 1रुप तथा यौवनले खासै पुट नगरेकी नायिका बिनिता बरालले चलचित्र चपली हाइट मा अभिनय गरेयता रातारात चर्चामा आएकी थिइन । उक्त चलचित्रमा नायिका बरालले चलचित्रको पोष्टरमा जस्तो कुनै उत्तेजक सिन दिएकी छैन् । फोटोग्राफरको ट्रीक तथा निर्माताको चतुराईले नायिका बरालले नेकेट सिन दिएको जस्तो फोटो चलचित्रको पोष्टरमा राखिदिएपछि फोटोकै कारणले उनी चर्चामा आएकी थिइन्।

चपली हाइट चलचित्रम हाइहाइ गर्न लायकको खासै कुनै अभिनय नायिका बरालले गरेकी छैन् भन्दा हुन्छ । चपली हाइट पछि केही चलचित्रमा अभिनय गरेतापनि ती चलचित्रबाट चपली हाइटले जस्तो कुनै उचाई दिन नसकेपछि हाल अर्गानिक तरकारीको खेती किसानी पेशामा उनी लागेकी छन् ।

अभिनयको खेतीलाई ब्रेक गर्ने कार्य हाल उनीबाट भएको छ ।
नायिका बरालले जस्तै आफूलाई निकै राम्री दाबी गर्ने नायिका जेनिशा केसीले पनि ज्यानकै भरमा टिक्ने कोशिस नगरेकी होइनन् । मस्ती, निगरानी, आधिबाटो लगायतका फिल्ममा काम गरेकी जेनिशाको नाम नायक बिराज भट्टदेखि निर्माता रमेश त्वयनासँग समेत जोडिएको थियो । जसरी नाम जोडिएर केही समय चर्चा कमाउन सफलता पाएतापनि हाल यी नायिका गुमनाम नै हुन पुगेकी छन्। खासै चर्चामा रहेकी छैनन् ।

Mahima Silwalतर जिगोलो,दबाब, मिसन फोर ट्वान्टी लगायतका चलचित्रमा काम गरिसकेकी नायिका महिमा सिलवाल बेलाबखत अविवाहित भएतापनि कुमारी नभएको जस्ता स्टेटमेन्ट दिएतापनि उनको चर्चा भने हालसम्म कायमै रहेकोछ । चर्चामा आउन नग्न सिन दिनै पर्दैन । बेलाबेलामा बेलाको बोली बोलेपुग्छ भन्ने उनले जानिसकेकी छन् । त्यसैले पनि सानातिना व्यानरका चलचित्रमा भएतापनि उनी कार्यरत रहेकी छन्। उनी हाल बादशाह नामक चलचित्रमा व्यस्त बनिरहेकी छन् ।

Sushma Karki hot 1दुई दशकअघि तुलसा सिलवाल, सुमी खड्का, किरण डीसी, नीलु रायमाझी लगायतका नायिकहरु विवादास्पद फिल्मी बोली तथा सिनबाट चर्चामा आएतापनि उनीहरु पनि नयाँ पुस्ताका जिया, सोनियाहरु जस्तै आफ से आफ आउट बनेका थिए । चर्चामा आउने सजिलो अस्त्रको रुपमा नग्न सिन तथा छाडा बोली बोल्दैमा दर्शकमाझ अव टिक्न गाह्रो छ भन्ने कुरा ती नायिकाहरुको इतिहासबाट पनि बर्तमान नायिकाहरुले सिक्नु पर्ने बेला भैसकेको छ । लामो दौडको घोडा बन्नको लागि नायिकाहरु काबुभन्दा बाहिर गएर बेलगाम घोडा जस्तो बन्नै हुँदैन । भएमा केही समयको सस्तो चर्चामा आएतापनि कालान्तरमा नामोनिशान नहुने र सामाजिक बहिष्कारमा परिने हुन्छ । यसतर्फ नायिकाहरुले सोच्नु आवश्यक छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २७ गते शनिवार ।