काठमाडौ। चर्चाको शिखरमा रहेकी गायिका सरिता प्रजापतिको गायन करियरले पनि यो बर्षवाट आठ बर्ष पूरा गरेको छ। यस अवधिमा फरक शैली तथा बेजोड ढंगवाट गीत गाउने सरिताको पृथक शैलीवाट सवैजना मोहित बन्ने गरेका छन्।

यिनै पृथक शैलीकी निडर गायिका सरिता प्रजापतिले स्टेजमा गीत गाउंदा दर्शक तथा स्रोता सवैलाई नचाएरै तताउने गर्ने गरेकी छन्। सरिता प्रजापतिको गीतमा नै जोश भएपछि दर्शकहरु छमछमी ननाचिकन बस्नै सक्दैनन्।

यसैले पनि फुर्सद हुनासाथ पूर्वी नेपाल देखि पश्चिम नेपालसम्मका ठाउं–ठाउं स्टेज प्रोग्रामहरुमा स्टेज जमाउने सरिता प्रजापतिको बेग्लै खुवी तथा जोश भएको कारण जहाँवाट पनि सरितालाई निम्तो आउने गरेको छ।

स्वास्थ्यसेवीको जागिरे पेशावाट विदा मिलेको दिन पारेर भनेकै ठाउंमा पुगेर सवैको दिल जित्दै आएकी यिनै गायिका सरिता प्रजापतिको अघिल्लो बर्षजस्तै यो बर्षपनि धमाकादार तीज गीत सार्वजनिक भएको छ। यो बर्षको तीजलाई लक्षित गरेर सबै परदेशमा बोलको तीज गीत गाएकी छन्।

जुन गीतमा सरिताले राजेश बर्देवासँगको सहकार्यबाट युट्युबको माध्यमवाट विश्वव्यापी रिलिज गर्ने कार्य भएको छ। बढ्दो बिदेशिने प्रबृतिलाई इंगित गर्दै गने कार्य यस तीज गीतमा रहेको छ।

सवैखाले गीत गाउन खप्पिस गायिकाको उपमा समेत पाइसकेकी सरिता प्रजापतिले तीजको अवसरमा आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र ब्रत बस्न हुन तथा अन्यथा ब्रतले होइन, व्यवहारले तीजको महत्वलाई दर्शाउन आवश्यक भएको सन्देश प्रवाह गर्ने कार्य गरेकी छन्।

प्रस्तुत छ–गायिका सरिता प्रजापतिको तीज गीत

प्रकाशन मिति–२०७५ साल साउन २४ गते विहीवार ।