Ex-minister Ghimire goes missing as car plunges into Trishuli River
Ex-minister Ghimire goes missing as car plunges into Trishuli River

काठमाडौ। गत आइतवार पृथ्वी राजमार्गको दारेचोक–३ स्थित घोप्टेभीरवाट गाडी खसेर त्रिशुली नदीमा बेपत्ता बनेका पूर्वगृह मन्त्री तथा पूर्वमुख्य सचिव माधव घिमिरे नभेटिएपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाह संस्कार गरेको छ।

पूर्वगृह मन्त्री घिमिरे सहित घिमिरेका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरेको त्रिशुली नदीमा व्यापक खोजी गर्दा पनि नभेटिएपछि तीनैजनाको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। घिमिरेको कुश शवलाई अन्तिम श्रद्धाञ्जली दिन बहालवाला गृहमन्त्री विमलेन्द्र निधि लगायतका सरकारी अधिकारीहरु आर्यघाट पुगेका थिए।

madhav-ghimire-kush-daha-sanskarसात जना सवार बा९च १५३१ नम्बरको गाडी गत आइतबार अपरान्ह त्रिशुलीमा खस्दा तीन जनाको ३ को मृत्यु, ३ बेपत्ता र एकको जीउँदै उद्दार गरिएको थियो। घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियोभने गाडीका चालक विष्णु राईको जीवितै उद्दार गरिएको थियो।

प्रकाशन मिति–२०७३ साल असोज १४ गते शुक्रबार ।