काठमाडौं। नेपालभाषा चलचित्र क्षेत्रका सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ तथा मल्टीट्यालेन्ट हिरोइन शोभा महर्जनको बेजोड अभिनय रहेको नेपाली भाषाको म्युजिक भिडियो रिलिज भएको छ। भोलिदेखि पिउँदिन, कसम खान्छु छुँदै छुन्न..बोलको गीतको म्युजिक भिडियो रिलिज भएको हो।

अघिल्ला दिनमा फिट्टु रक्सी पिएर आउने अनि भोलिपल्ट फेरि साँझ परेपछि सोही पारा भएपछि घरकी पत्नी परमेश्वरी वाक्क दिक्क भएर घर छाड्न खोज्दा नपिउने कसम खाने श्रीमानको भूमिकामा सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ रहेका छन्। नपिउने कसम खाने उनै श्रीमानजीको श्रीमतीको भूमिकामा मल्टीट्यालेन्ट हिरोइन शोभा महर्जनको अभिनय रहेको छ।

गायक ईश्वर के महर्जनको गायन, सुरेन्द्र रानाको शव्द–रचना तथा सुमन कपालीको संगीत रहेको गीतको भिडियोको निर्देशन अनिल मिस्टर ग्लास र सुजन बज्राचार्यले गरेका छन्।

प्रकाशन मिति–२०७७ साल मंसीर ४ गते विहीवार ।