काठमाडौ। अनुप बिक्रम शाहीको मुख्य भुमिका रहने चलचित्र ‘निसाफ’को निर्माण सुरु भएको छ । बिहीवार भक्तपुरको गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पूजा गर्दै चलचित्रको छायाँकन प्रारम्भ गरिएको हो।

Nisaf 1मुर्हत सट समेत लिइएको कार्यक्रममा अभिनेता अनुपबिक्रमले ‘अदालतमा निसाफ मिल्ला नमिल्ला तर मेरो अदालतमा तुरुन्त निसांफ मिल्छ’ भन्ने चलचित्र भित्र रहेको एक सम्बाद बोल्दै मुर्हत सट दिए।

मुर्हतमा चलचित्र पत्रकार कुबेर गिरीले क्ल्याप ठोकेका थिए भने, संगीतकार मनोज चौलागाइले नरिवल फोडेका थिए। निर्देशक नेत्र गुरुङले क्यामरा स्वीच अन गरे भने चलचित्रका निर्देशक समेत विवेक सापकोटाले नै मुर्हत सटको निर्देशन गरका थिए।

Nisaf 2

अपराधिक कथामा बन्न लागेको यो चलचित्रमा अनुपको अलवा सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा, साधना सिलवाल लगायतको अभिनय रहने भएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन १३ गते शुक्रबार । (महाशिवरात्री)