काठमाडौंं। चम्सुरी नामवाट नामी बनेकी आत्मबलका अत्यन्त धनी अभिनेत्री पल्पसा डंगोल आत्मबल अझ बृद्धि भएको छ। मिर्गौला प्रत्यारोपण पश्चात नयाँ जिन्दगी पाएकी चम्सुरीको आत्मबलमा अझ बृद्धि भएको हो।

आफ्नै सहोदर भाइ अजु डंगोलले दिदी पल्पसाको दुवै मिर्गौला फेल भएपछि पाएको त्यो पीडा अनि व्यापक तनाबलाई अन्त्य गरेर आफ्नो एउटा मिर्गौला दान दिएपछि चम्सुरीले नयाँ जीवन पाएकी हुन। भाइ अजु डंगोल आफ्नो नयाँ जीवनको लागि भगवान नै सावित भएको वताउने चम्सुरीले नयाँ जीवन पाएयता नियमित अभिनय कर्ममा फर्किसकेकी छन्।

बहुचर्चित हांस्य टेलिसिरियल मेरी बाँस्सैको नियमित अभिनयको कार्यमा फर्केकी चम्सुरी अव पहिला जस्तै सवै कार्यहरुमा नियमित रुपमा सक्रिय हुदैजाने भएकी छन्। भिजन संसार डटकमसंगको विशेष कुराकानीमा मिर्गौला प्रत्यारोपण गरेयता अझ धेरै प्रभावशाली कार्यहरु गर्दैअगाडि बढ्ने व्यापक सोच आइरहेको चम्सुरीले भनेकी छन्।

मेरी बाँस्सैको शुटिङमा जाँदा पनि खानपिनमा सकभर आफैले पकाएको मात्र खाने गरेको तथा प्राय उमालेर मात्र खाने गरेको यथार्थता पनि उनले बताएकी छन्। खानपिनमा राम्रो ध्यान दिन सकेमा स्वस्थ बन्ने मूलमन्त्र भएको पनि उनको भनाई छ। चम्सुरीलाई आफ्नो मिर्गौला दान दिने चम्सुरीको भाइ अजु डंगोलको स्वास्थ्य पनि अत्यन्त राम्रो भएको जानकारी पनि चम्सुरीले दिएकी छन्।
प्रकाशन मिति–२०७९ साल साउन १४ गते शनिवार ।