काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउन खुकुलो पारिएपछि ‌केही सहजता आएको छ। लकडाउनका कारण व्यापक मारमा परेको नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरु लकडाउनको खुकुलोमा जुर्मुराउन थालेका छन्। केही म्युजिक भिडियोहरुको आउटडोर छायांकन प्रारम्भ हुन थालेका छन् भने चलचित्र निर्माता–निर्देशकहरू आफ्ना चलचित्रको प्री प्रोडक्शनमा जुट्न थालेका छन्।

यसैक्रममा लेखक तथा निर्देशक शंकर अधिकारी (घायल)ले नेपाली कथानक चलचित्र ‘दानराज’ निर्माण गर्ने घोषणा गरेका छन्। जसको छायांकन आगामी भदौ देखि प्रारम्भ हुने भनेका छन्। डि.एस.डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी घायलको लेखन– निर्देशन तथा शत्रुघन अन्सारीको निर्माण रहने चलचित्र दानराजको चितवन, मकवानपुर र काठमाडौ आसपासका क्षेत्रमा छायांकन हुने भएको छ।

नायिका शुभेच्छा थापाको विशेष अभिनय हुने भनिएको चलचित्र दानराजमा दानराज चौलागाईकै प्रमुख अभिनय रहने भएको छ। साथमा रबि खड्का, रमेस डिसि, सागर गुरु चौलागाईं, रविन श्री, तारा लामिछाने, गंगा कुँवर, राजु पौड्याल अनुबन्ध भएका छन्।
ओम प्रसाईंको छायांकन रहने उक्त चलचित्रमा देव महर्जनको द्वन्द्व, प्रदिप ज्ञवाली र सावित्री खत्रीको नृत्य निर्देशन रहने छ।


प्रकाशन मिति–२०७७ साल असार ५ गते शुक्रवार ।