Mamata Gurung Albumकाठमाडौ। नयाँ पुस्ताकी गायिका ममता गुरुङको नयाँ एल्बम ‘ममता’ सार्वजनिक भएको छ। वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र बरिष्ठ गायिका संगीता रानाको प्रमुख आतिथ्यमा एल्बमको सार्वजनिक भएको हो।

मातातिर्थ औशीको अवसरमा गायिका गुरुङकी आमा मायादेवी गुरुङ र बुबा हितमान गुरुङले एल्वमलाई विमोचन गरेका हुन्। 

देश बाहिर बस्दै आएकी ममताको यो डेब्यु एल्वम हो । एल्वममा ‘नबोलाऊ मलाई मायालु भनि, ‘जीवन मेरो त्यहीँ, ‘हावासरि चञ्चले मन, ‘अल्लारे मन यो मेरो’ र पर्दा खोलेर जस्ता गीत समावेश गरिएको छ।

एल्वममा भएका गीतमा इन्द्र आरपी, ताराप्रकाश लिम्बु, देवा गुरुङ, कालिप्रसाद बास्कोटा र सुरेश मानन्धरको सङ्गीत रहेको छ भने ममता गुरुङ, शशीथापा सुव्वा, कालिप्रसाद बास्कोटा र केबी गुरुङको शब्द रहेको छ।

प्रकाशन मिति–२०७४ साल बैशाख १५ गते शुक्रबार ।