Nepal Pared Day Colarado 2काठमाडौ। नयाँ वर्ष २०७४ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा कोलोराडो निवासी नेपालीहरूले “नेपाल डे परेड” आयोजना गरेको छ। नेपाल डे परेडमा अमेरिकामा रहेका नेपालीहरुले एक आपसमा शुभकामना आदान–प्रदान गरेका छन्।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा विशेष अतिथिको रूपमा महाबाणीज्यदुत तथा वरिष्ठ गायक प्रेमराजा महत र बोल्डर नगरका मेयर सुजेन जोन्सको उपस्थिति रहेको थियो।

Nepal Pared Day Colarado 3त्यस्तै कार्यक्रममा हेल्पीङ ह्याण्डका अध्यक्ष तथा नेपाल परेड डे परेडका संस्थापक नारायण श्रेष्ठ, गायक नरेन्द्र प्यासी, ख्याति प्राप्त हांस्य अभिनेता नारायण त्रिपाठी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धि जिवी, कलाकार, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

भौगोलिक हिसाबले नेपालसँग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरूले नेपाल र अमेरिकाको झन्डा, प्लेकार्ड ब्यानर बोकी लाखे नाचेको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरू दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए भने, कोही आफ्नो जातीय भेष भूषा संस्कृति झल्कने पहिरहन लगाएर आएका थिए । अमेरिकी भूमिमा नेपालीहरूले नेपालको झन्डा हल्लाउंदै हिड्दा गौरवले छाती फुलेको महसुस गरेका थिए। नगर परिक्रमा गर्नु अगाडी वरिष्ठ गायक प्रेमराजा महत र गायक नरेन्द्र प्यासीले राष्ट्रिय गीत गाएर कार्यक्रमको सुरुआत गरेका थिए।

Nepal Pared Day Colarado 1कार्यक्रमलाई सम्बोधन गर्दै हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठले बोल्डर सहरमा नेपालीहरूको बसोबास बाक्लो हुदैगए पछि यहाँका स्थानीयलाई नेपाली भाषा संस्कृति पहिचान गराउन “नेपाल डे परेड”को सुरुआत गरिएको बताएका थिए भने, विशेष अथिती महतले नेपाल र नेपालीको शिर उच्चा पार्ने यस्तो महत्त्व पूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुनपाएकोमा आफू धेरै हर्षित भएको बताए। बोल्डर सहरका मियर सुजेन जोन्सले सबैलाई ह्याप्पी न्यू इयर भन्दै, बोल्डर सहरमा सबैलाई स्वागत छ भनिन्। उनले यती धेरै नेपालीहरू जम्मा भएर जन्म भूमिको पहिचाहनको लागी जुटेको देख्दा ज्यादै खुसी लागेको भन्दै यो कार्यक्रम हरेक वर्ष निरन्तर रहिरहने बताइन्।

त्यस्तै आयोजक संस्थाका अध्यक्ष विनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए। सोही समारोहमा कोलोराडो बासीको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भई शोभा बढाई दिएको भन्दै वरिष्ठ गायक तथा महाबाणीज्यदुत प्रेमराजा महत, गायक नरेन्द्र प्यासी र हाँस्य अभिनेता नारायण त्रिपाठीलाई सम्मान पत्र प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७४ साल बैशाख ४ गते सोमवार ।