काठमाडौ। नेपालमा फेरि पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएको छ। नेपाल आयल निगमले आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको हो।

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ। समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ।

नेपाली जनतालाई ओली सरकारको नयाँ बर्ष २०७५ सालको ढाड सेक्ने उपहारको रुपमा यो मूल्यबृद्धिलाई उपभोक्ताहरुले लिइएको छ।

प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।