लण्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युके र नेपाली साहित्य विकास परिषद् यूकेको संयुक्त आयोजनामा नेपाली नयाँ बर्ष २०७८ मनाएको छ। नेपाली नयाँ बर्ष विसं.२०७८ को शुभ आगमनको अवसरमा गीत–संगीत तथा कविता बाचनमय साहित्य साँझको रुपमा जुम प्रविधि माध्यमवाट मनाएको हो।

जुम प्रविधिबाटभर्चुअलरूपमा आयोजनागरिएको उक्त समारोहलाई प्रमुख अतिथि आयोजक संस्था नेपाली साहित्य विकास परिषद युकेका पूर्वअध्यक्ष वरिष्ठ समाजसेवी अभिभावक डा.राघवप्रसाद धितालले हामी जहाँ बसेपनि हाम्रो भाषा–साहित्य–संस्कृतिसँगै ल्याएका छौँ र यही नै हाम्रो नेपाली परिचय, पहिचान शक्ति र एकताको प्रतिक हो भन्दै हामी सबै नेपालीले जोगाएर भावि सन्ततिहरूमा हस्तान्तरण गर्दैजानु पर्ने विचार व्यक्त गरेका छन्।

अतिथिको आसनबाट संवोधन गर्दै यती नेपाली एसोसिएसन युकेका अध्यक्ष एवम् कवि ध्रुव केसीले जहाँ हाम्रो नेपाली मन पुग्दछ–त्यहाँ हाम्रो नेपालीपन पनि पुग्ने विश्वास व्यक्त गरेका छन्। कवि केसीले हाम्रो नेपालीभाषा,साहित्य,संस्कृति,लोकसंस्कृति पहिरन र रितिरिवाज चाडपर्वसबै हाम्रा नेपाली पहिचान हुन यी सबै हामी सबैले जोगाएर लानुपर्ने विषयमा जोड दिएका छन्।

सभापतित्वको आसनबाट सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष माधव पराजुलीले नेपाली नयाँ वर्ष मनाएर हाम्रो गाउँ, घर,जन्मभूमि, संस्कार र संस्कृतिको प्रवासमा सम्झना गरिरहेको वताउंदै सिर्जना र साहित्यमा स्वदेशको उपस्थिति गराएको ठोकुवा गरेका छन्।

त्यस्तै, शुभकामना सन्देशका क्रममा नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले हाम्रो जन्मकुण्डलीसंग जोडिएको रगतको नाता रहेको नेपाली नयाँ वर्ष हाम्रा लागि प्यारो छ र नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै निरन्तर मनाउँदै आइरहेको खुलासा गरेका छन्।

यस अघि स्वागत मन्तव्य व्यक्तगर्दै सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेका महासचिव दीलिप पौडेलले नेपाली सिर्जना र साहित्यको उर्जा बोकेर हाम्रो मुटूसँग जोडिएको नेपाली नयाँ वर्ष मनाउँन साहित्य साँझको आयोजना गरिएको चर्चा गरे।
कार्यक्रमको सञ्चालन नेपाली साहित्यविकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले नेपाली माटोको सुभाष बोकेको नेपाली नयाँ वर्षको आगमनले हामीलाई हरेक वर्ष स्वदेश पुर्याउने गर्दछ भन्दै यसैले हामीमा आनन्द आउँछ र हामी सिर्जनामा देश बोक्छौ भन्न चुकेनन्।

कार्यक्रमा अन्य साहित्यिक संस्थाहरू साहित्य चौतारी युकेका संयोजक वरिष्ठ साहित्यकार वासु शर्मा, विश्व नेपाली साहित्य महासंघ दक्षिण–उत्तर शाखा बेलायतका अध्यक्ष कवि विजय हितान, अन्तराष्ट्रिय नेपाली वाङ्गमय प्रज्ञा प्रतिष्ठानकी महासचिव कवयित्री मञ्जु भण्डारी र नेपाली मुक्तक प्रतिष्ठानकी सदस्य कवयित्री प्रतिमा केसी को सिर्जनात्मक उपस्थिति रहेको थियो ।

गीत–संगीत, हाँस्य ठट्यौली र कविता वाचनको साहित्यसंङ्गीत मिश्रण रहेको उक्त कार्यक्रममा बालकलाकार क्रेट दाहालले बाँसुरीको धुन प्रस्तुत गरेका थिए भने,कलाकार योगेश पराजुलीले राष्ट्रिय भावका गीतहरू गाएका थिए । एसैगरी वरिष्ठ व्यक्तित्व सर्जक ड.।अर्कराज तिमिल्सिनाले हाँस्य ठट्यौलीहरू प्रस्तुत गरेका थिए भने, न्युयोर्क, अमेरिकाबाट कवि कोमल भट्टले लयवद्ध एकाक्षरी कविता वाचन गरेका थिए।

यसैगरी कवितावाचन तर्फ भाग लिने अन्य कविकवयित्रीहरूमा हरिसिँह थापा,कोमल प्रसाद श्रेष्ठ मल्ल,ध्रुवकेसी, माधव पराजुली, वसन्त रायक्षेत्री, वासु शर्मा, डा. सुधाश्रेष्ठ, कल्पना आङबुहाङ, डा.सङ्गीता श्रेष्ठ स्वेच्छा, विजय हितान, मऩ्जु भण्डारी, कल्पना त्रिपाठी, प्रतिमा केसी, अहिल्या कुँवर, चुडामणी रेग्मी, विनोद न्यौपाने, योगेश पराजुली, रमेशदाहाल, संजिता देउजा कार्की, सरिता ढकाल , दीप गिरी रसुरेशजङ्ग शाह थिए।
प्रकाशन मिति–२०७८ साल बैशाख २ गते विहीवार ।