काठमाडौं। नेपाल संवत नयाँ बर्ष ११४० को अवसरमा अग्रज चलचित्रकर्मी निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। काठमाडौंं पश्चिमभेगिय नेवाः पुचः अन्तर्गत किपुल्चा नेवाः खलःद्वारा निर्देशक महर्जनको बुधवार सम्मान गरेको हो।

मातृभाषामा विभिन्न चलचित्र मार्फत नेवार समुदायको संस्कृति तथा परम्परालाई जगेर्ना गर्ने कार्यमा बिगत ३ दशक देखि निरन्तर योगदान गर्दै आएका निर्देशक महर्जनलार्इ दोसला तथा सम्मान पत्रले सम्मानित गरेको थियो। प्रमुख अतिथि शताव्दी पुरुष एवम् नेपालका बरिष्ठ संस्कृतिविद डाक्टर सत्यमोहन जोशीले महर्जनलाई सम्मान प्रदान गरेका थिए।

त्यसैगरेर, कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी तथा चन्द्रागिरि नगरपालिका १३ वडाका का वडाअध्यक्ष कान्छाबाबु महर्जनले पनि सम्मान प्रदान गरेका थिए। सम्मानवाट आफू अत्यन्त गौरवान्दित बनेको र यसले काम गर्न अझ धेरै प्रेरणा मिलेको प्रतिक्रिया निर्देशक महर्जनले भिजन संसार डटकमलाई दिएका छन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक १३ गते बुधवार ।