काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेलको यो बर्षको नयाँ गीत काँडा उम्रियोले छोटो समयमा नै ६ लाख ३० हजारभन्दा बढीको क्लबमा प्रवेश गरेको छ । इस्वी संवत अनुसारको नयाँ बर्ष २०२२ मा आइपुग्दा ६ लाख ३० हजार ५ सय २६ को क्लबमा रेकर्ड राख्न सफल भएको हो ।

नेपाली पप म्युजिक फ्लेवरको गजबको नेपाली आधुनिक गीत गायक पोखरेलको काँडा उम्रियो हुन पुगेको छ। जसको कारण पनि लाखौं लाखले मन पराएर लाखको क्लबमा छोटो समयमा पुगेको हो । यसको लागि सवैलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्ने कार्य गायक पोखरेलवाट भएको छ।

पश्चिम नेपालका सुन्दर नगर पोखरा लगायतका रमणिय स्थानहरुमा छायाँकन भएको यो गीतको भिडियोमा तन्नेरी पुस्ताको मायामा आकर्षण र समर्पण कथावस्तुमा रोमाञ्चक ढंगवाट गजबले प्रस्तुत गरिएको छ।

दीपक शर्माको काँडा उम्रिने गीत–संगीतमा यो बर्ष गायक पोखरेलको गायनमा बेग्लै आवाज र दम पाइएको छ । जिवेश गुरुङ, स्मारिका ढकाल लगायतकाको बुलन्द अभिनय रहेको गीतको भिडियोमा मिलन शंकरको छायाँकन र सम्पादन प्रविण भट्टको रहेको छ। निर्देशन नेत्र गुरुङले गरेका छन् ।

प्रकाशन मिति–२०७८ साल पुस १७ गते शनिवार ।