Gokarna Concert 2काठमाडौ। नेपालमा केही बर्षयता विभिन्न पर्व विशेष तथा नयाँ बर्ष पारेर विभिन्न म्युजिक कन्सर्ट हुने गरेको छ। नयाँ बर्ष २०७३ सालको अवसर पारेर नयाँ बर्ष आशा र विश्वास तथा सफल बर्षको कामना सहित बैशाख १ गते काठमाडौको गोकर्ण स्थित गोकर्ण फुटबल मैदानमा होपफूल नेपाल नामक भव्य म्युजिक कन्सर्ट हुने भएको छ।

Gokarna Concert 3

आयोजक मध्येका एक सुवाष पौडेलका अनुसार निःशुल्क प्रवेशका साथ हुन गैरहेको कन्सर्टमा स्ट्रीङ्गस् व्याण्ड, द प्रोजेक्टर किचेन, नक्षत्र, ओल्ड प्रिजनर लगायतकाको विशेष प्रस्तुति हुने भएको छ। नयाँ बर्ष २०७३ साललाई खुशी र उमंगको बर्षको रुपमा प्रस्तुत गर्ने क्रममा आफूहरुले निक्कै प्रयास गरेको सुवाष पौडेलको भनाई रहेको छ।

Gokarna Concert 1

निराशा होइन, आशावादी बन्नु र विनाश होइन विकासको विगुल फुक्न तन्नेरीहरु क्रियाशील बन्नुपर्ने सन्देश होपफूल नेपाल म्युजिक कन्सर्टको प्रमुख लक्ष्य तथा उदेश्य रहेको पौडेलले भनेका छन्। मिडिया पार्टनर भिजन संसार र विश्व न्यूज डटकम रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २९ गते सोमवार ।