Rampyari Rekha 3

Rampyari Rekha 2

Rampyari Rekha 1

Rampyari Rekha 4

काठमाडौ। रामप्यारी नायिकाको रुपमा हाल चर्चामा रहेकी रेखा थापाले नयाँ बर्ष २०७३ सालमा विवाह गर्ने संकेत गरेकी छन्। चलचित्र निर्माता छविराज ओझासंगको दश बर्षे विवाहलाई दुई बर्ष अगाडि टुंगाएर सिंगल बन्दैआएकी नायिका थापा यो बर्ष २०७३ सालमा विवाह गर्ने रहर जाँगेको भनेकी छन्।

पहिलो विवाह असफल भएपछि कतिले एकल भएको भन्ने टिप्पणीलाई नायिका थापाले आफू कहिले पनि एकल नभएको आफ्नो साथमा आफूलाई भन्दा बढी माया गर्ने परिवार रहेको र परिवारसंगै बसिरहेको छु भनेकी छन्।

त्यसमाथि,आमाको साथ र माया पाउने भाग्यमानी छोरी आफू भएको दावी गरेकी छन्। विवाहकै संवन्धमा देश, जनता र परिवारलाई माया गर्ने ह्याण्डसम केटा आफ्नो रोजाईमा पर्ने गरेको बताउंदै नयाँ बर्ष २०७३ सालमा एक समाज सेवीको रुपमा पनि आफूलाई स्थापित गर्ने कोशिश रहने भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख १ गते बुधवार ।