–सनत कुमार थापा

नयाँ बर्ष २०७६ तिमी उत्साह र उमंग लिई सबैको घरमा आऊ।
सार्बजनिक पदमा रहेका सबैलाई ईमान्दार र स्वाभिमान बनाऊ।।

२०७६ साल देखी सबैले आफ्नो फजुल खर्चमा हेर है कटौती ल्याऊ।
धुम्रपान,मद्यपान जस्ता कार्य बाट यो बर्ष देखि सबैले छुटकारा पाऊ ।।

निरोगी र सुस्वास्थ सम्वन्धी चेतना मुलक कार्यक्रमहरू लिएर आऊ ।
राष्ट्र सेवक कर्मचारी र नेताहरू अब देखि कोहि भ्रष्टाचारमा नगनाऊ ।।

ईमान्दार र स्वच्छ छवी भएकाको मूल्यांकन गरि हौसला बढाऊ।
अनियमित गर्ने जो सुकै भएपनि कारबाहीको दायरामा ल्याऊ ।।

संविधान र कानुनको ईमान्दारीपुर्वक कार्यान्वयनमा ल्याऊ ।
सबै मिलिजुली आर्थिक क्रान्ती गरि समुन्नत नेपाल बनाऊ ।।

विस्वासको वातावरण श्रृजना गरि यो देसलाई अगाडी बढाऊ ।
सबैको घर आगनमा शुख सान्ती,सम्वृद्धी र प्रगती लिई आऊ ।।

सदा झै आयो हाम्रो सामु यसपाली पनि २०७६ साल नयॉ वर्ष ।
एक आफसमा शुभकामना आदान प्रदान सदा झै खुशी र हर्ष।।

सबैमा आओस सद्बिचार अनि रोकौ सबैले अब फजुल खर्च।
सबैले संकल्प गरौ मेलमिलाप अनि देस बिकासको यो बर्ष।।

सबैको जिबनमा प्राप्त होस सफलता अनि मिलोस खुशी र हर्ष ।
सबैमा मंगलमय शुभकामना अनि सफलता प्राप्तीको यो बर्ष।।

मिलोस् सबैलाई सुख शान्ती एवं हर्स उल्लासमय को नयॉ बर्ष ।
सबैमा सुस्वास्थ्य निरोगी एवं ईमान्दारिता र सुशासनको यो बर्ष ।।

नयाँ बर्ष २०७६ को सबैमा लाखौ लाख मंगलमय शुभकामना ।
सबैको जिवनमा सफलता प्राप्ती र उन्नती प्रगतीको शुभकामना ।।


प्रकाशन मिति–२०७६ साल बैशाख १ गते आइतवार ।