काठमाडौं। २०७५ साल विदा भएर आजवाट नयाँ वर्ष २०७६ साल शुरु भएको छ। विक्रम संवत् अनुसार आजवाट नयाँ बषए २०७६ साल शुभारम्भ भएको हो। एक–आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरेर मनाउने कार्य भैरहेको छ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ। यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ। बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ। सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ।

नयाँ बर्ष२०७६ सालको यो शुभ घडीमा भिजन संसार डटकमका आदरणिय पाठकबृन्द, विज्ञापनदाता तथा शुभचिन्तक सवैमा हार्दिक मंगलमय शुभकामना ।
प्रकाशन मिति–२०७६ साल बैशाख १ गते आइतवार ।