–सनतकुमार थापा
नयाँ बर्ष २०७७ तिमी सुखद खबर लिई आऊ !
कोरोना महामारी बाट विश्वलाई मुक्ति दिलाऊ !!

कोरोना बिरूद्धको औषधिको छिटो उदय गराऊ !
बिस्वका मानब जातीलाई सन्तोषको सास फेराऊ !!

एक आफसमा सदभाव र भातृत्वको बिकास गराऊ !
सबैलाई अनुशासन र सदमार्गमा हिड्न प्रेरित गराऊ !!

ईस्वर प्रति भक्तीभाब र सबैमा सच्चा बिस्वास जगाऊ !
घृणा दोयस , रिसराग लोभ बाट मानव जातीलाई बचाऊ !!

अब कुनै पनि दैविक विपत्तिका दूस्खद अबस्था नल्याउ !
सबै मानिसलाई निरोगी र प्रगतिको बाटोमा अगाडि बढाऊ !!

मानवजातिमा नयाँ जोश–जाँगर उमंग एवं उत्साहको कामना !
नयाँ बर्ष २०७७ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!


प्रकाशन मिति–२०७७ साल बैशाख १ गते सोमवार ।