Load Shedding No 1काठमाडौ। नेपालका उपप्रधानमन्त्री एवम ऊर्जा मन्त्री टोपवहादुर रायमाझीले नयाँ बर्ष २०७३ सालवाट नेपालको लोडसेडिङ्ग व्यापक रुपमा घट्ने दावी गरेका छन्।

मन्त्री रायमाझीले बैशाखवाट दिनको पाँच घण्टा मात्र लोडसेडिङ्ग हुने र त्यसको पूर्वतयारी भैसकेको बताउंदै २०७४ सालमा नेपाल लोडसेडिङ्ग मुक्त देश नै हुने पनि भनेका छन्। काठमाडौमा रिपोर्टस् क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागिता जनाउंदै मन्त्री रायमाझीले उक्त जानकारी दिदै त्यसकार्यको लागि आफ्नो सरकारले द्रूत गत्तिमा काम गरिरहेको समेत बताए।

Load Shedding No 3

उर्जा क्षेत्रका गुरुयोजना सूचारु गर्न उल्लेखनीय काम गरेको दाबी गर्दै रायमाझीले भने, ‘उर्जा क्षेत्रको संकट निवारणका लागि उर्जा दशकको रुपमा मैले विभिन्न विशेषज्ञसँग परामर्श गरेर वैज्ञानिक र वस्तुवादी कार्ययोजना ल्याएको छु, यसले उर्जा क्षेत्रमा उथलपुथल ल्याउँछ ।’ ठूला आयोजना अन्तर्गतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका हाईडाप्रोजेक्ट समेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिए ।

भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव–स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने दाबी गरे।
प्रकाशन मिति–२०७२ साल चैत्र २७ गते शनिवार ।