काठमाडौ । नयाँ पुस्ता यानी युवा वर्गमा टुनामुना तथा ज्योतिष विधामा बढी नै चासो हुन थालेको छ । जतिसुकै एडभान्स एवम् मोडर्न भनिएतापनि उनीहरुमा नजानिदो तवरले त्यसप्रकारको चासो बढ्नुलाई अनौठो मानिन थालिएको छ । यसो हुनुमा बर्तमान प्रतिको अविश्वास तथा भविष्य चिन्ताले हुनुपर्ने तर्क गर्नेहरुको अगाडि चुनौति बोकेर देखा परेका युवा ज्योतिष–बा नवराज वागदास देखिएका छन् ।

Naw Raj Wagadass
Naw Raj Wagadass

रहरले भन्दा बाँध्यतालो ज्योतिष–बा बनेका वागदासको पुख्र्यौली पेशा नै फुकफाक अनि कालोपाटीमा कोरकार तथा चामलको गेडालाई मिलमिलाम गरेको भरमा अन्दाजवाट निस्केको तर्क भन्नु हो । जुन तर्कवाट संतुष्ट मानेर निको हुने पुस्तावाट गुज्रेको वागदासको त्यो पुस्तालाई अनुसरन गर्दै उनी पनि पुर्खा जस्तै नचाहेर पनि बनेका हुन् ।

वागदासको चाहना त सिनेमामा हिरो वन्नु हो । उक्त अतृप्त चाहनालाई फुकफाक गर्दा–गर्दै कोही चलचित्र निर्माता–निर्देशकको फोन आएमा जसरी भएपनि समय निकालेर दगुर्ने वागदासले केही चलचित्रमा अभिनय गरिसकेका छन् ।

हिजोआज काठमाडौंको कलंकी स्थित कलंकी मन्दिर नजिक रहेको शिवशक्ति आश्रममा दिनहुँ जस्तो व्यस्त वन्न थालेका वागदास विहान ७ वजे आसनमा वस्यो भने, कति दिन त राति अवेर १० वजेसम्म वस्दा पनि विरामी अनि जिज्ञासुको कमी नभएको उनको दावी रहेको छ । विशेष गरेर, युवा वर्गको नै यसतर्फ बढी चासो बढ्ेको र उनीहरुमा प्रेम जिज्ञासा, प्रेम–पीडा, धोका तथा उनीहरुको प्रेमलाई फर्काउन प¥यो भनेर आउनेहरु बढी भएको बताउँदै फोटोको भरमा परम्परागत उपचार गर्ने कार्य गर्दै आएको समेत उनले भनेका छन् ।

अर्कोतर्फ वागदासको बहिनी विमला वागदास माताको रुपमा चिनिने गरेको छ। विमलाको शरीरमा आत्मा सवार गर्न सक्ने क्षमता छ । सोही क्षमता प्रदर्शन गर्ने कार्य हप्तामा दुईपल्ट उनीवाट सोही आश्रममा हुंदैआएको छ । शरीरमा मरिसकेको आत्मा बोलाउनु आफैमा अपत्यारिलो भएतापनि यथार्थता हो । धेरैले विमलाको शरीरमा मरिसकेका आफ्नाहरुलाई बोलाएर कुरा गराइसकेका छन् ।

atma-ko-prabeshत्यसरी आत्मा बोलाउदा विमलालाई कतिपल्ट कठिनाइ हुने गरेको छ । विशेष गरेर मिन्स भएका महिलाहरु जानि–नजानिकन आइदिदा त्यस दिन उनलाई निक्कै समस्या हुने गर्दछ । ज्योतिष–बा बागदासको भनाइमा मातालाई त्यसदिन कालहरुले हैरान पार्ने गर्दछ । उनीहरुले निक्कै सताउने गर्दछ । मरेको आत्मा शरीरवाट निक्लन नमानेपछि कतिपल्ट तातो पन्यु माताको शरीरमा डाँब्नु पर्दछ । त्यतिले पनि नभएमा कोर्रा हान्नु पर्दछ । यी यावत कार्य गर्दा माताको शरीरलाई कुनै असर नपर्ने अर्को अनौठो दृश्य देखिएतापनि सास्ती हुने गरेको माता आफैले स्वीकारेकी छन्।

समय जतिसुकै आधुनिकतातिर लम्केको भनिएतापनि यसप्रकारको अलौकिक कार्य एवम् शक्तिको पछाडि दगुर्ने नयाँ पुस्ता प्रारम्भमा अविश्वासी देखिएपनि निक्कै जिज्ञासु पाइन्छ । नयाँ पुस्ताको यसप्रकारको जिज्ञासाले यस पेशा दिनानुदिन फस्टाउदो पनि छ। अर्कोतर्फ औषधिविज्ञानले गर्न नसकेको चमत्कार वागदासको परम्परागत उपचार विधिले गरेको कयन उदाहरण पनि रहेको छ । डाक्टरले अव निको हुँदैन भनेर आएका कतिपय विरामीहरुको उपचार गरेर निको पार्ने कार्य उनीवाट भएको छ ।

विशेष गरेर, यो उपचार प्रविधिमा विश्वासको अत्यन्त आवश्यक रहेको छ । विश्वासको भरमा नै परम्परागत उपचार प्रविधिले गत्ति लिइरहेको पाइएको छ । अर्कोतर्फ परम्परागत घरेलु औषधि उपचार हुनु विशेषता नै हो । धातु–औठी राशी अनुसार लगाउनु तथा रुद्राक्ष पहिरनुमा खगोलिय विद्यासँग सरोकार राख्ने गरेको छ । चिना–टिप्पण बनाउनु तथा हेर्नु गणितिय शास्त्रममा आधारित भएवाट परम्परागत उपचारभित्र बैज्ञानिक कारणहरु पनि नजानिदो तवरले लुकेर रहेको विज्ञहरुले बताउने गरेको छ ।
प्रकाशन मिति–२०७३ साल पुस २२ गते शुक्रबार ।