कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज विहीवार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नंको बस अनियन्त्रित भएर पल्टिएको हो।

त्यसरी पल्टिँदा घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बसमा ४५ यात्रु सवार रहेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक २९ गते विहीवार ।