काठमाडौ। पच्चीस बर्ष अगाडि खोटाङको सिम्पानिवाट काठमाडौ आउंदा नवल खड्काको एउटै सोच थियो। त्यो सोच हो–मन्त्री बन्ने। गाउँघर तथा समाजको दुःख निवारण गर्न मन्त्रीले मात्र सक्छ भन्ने नवलको त्यो कसिलो जवानीको सोच थियो।

त्यो सोचले कर्यौ उपन्यासमा आँखा डुलाउंदै अनि कयन फिल्मका हिरोले गर्ने साहसिक आँटिला कार्य गर्दै साँच्चै क्रान्तिकारी बनेका नवल खड्का यतिखेर बल्ल मन्त्री बन्ने बटम लाइनमा पुगेका छन्। अर्थात आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा माओवोदी केन्द्रवाट समानुपातिक उम्मेदवार बनेका छन्।

माओवादी केन्द्रको बटम लाइनमा रहेर एक दशअगाडि देखि राजनीति गर्दैआएका नायक नवल खड्कालाई माओवादी केन्द्रले प्रदेश नंबर १ बाट प्रदेशसभातर्फ नवलको नाम बन्दसूचीमा समावेश गरिएको हो। नवलको ललाट बलियो भएमा प्रदेशवाट मुख्यमन्त्री हुने प्रबल संभावना बृद्धि भएको छ।

त्यसलेगर्दा हरदम हरपल नोटसंग भोट होइन, भोटसंग भोट माग्ने कार्य नवलवाट भैरहेको छ। दुई दशक लामो फिल्मी चिन्तन तथा राजनीतिलाई आँकन गरेर आफूलाई भोट दिन सवैलाई आग्रह गर्ने कार्य नवलवाट भएको छ।

चलचित्र निर्माता संघ नेपालको अध्यक्ष र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्षसमेत रहेका नवलले ऐतिहासिक विषयका भीमदत्त, दशगजा, क्रान्ति, आवाज लगायतका दर्जनौं चलचित्रहरुमा नायकको क्रान्तिकारी भूमिका निर्वाह गरेका छन्। भारतीय सिमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ताका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा नवल आवद्ध रहेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक २० गते सोमवार ।