काठमाडौं। संयुक्त राज्य दूतावास युवा परिषद अन्तर्गतको गियर समूहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ। मङ्सिर ६ गते, तदानुसार २२ नोभेम्बरमा काठमाडौंमा आयोजित सो कार्यक्रम पूर्ववातावरण मन्त्री गणेश साहको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रायोगिक बिज्ञान तथा प्रविधिका लागि अनुसन्धान केन्द्रका प्रा. डा कृष्ण राज श्रेष्ठ र अमेरिकी दुतावासका सुलभ भट्टले प्रमुख वक्ताका रुपमा मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रम युवाहरुलाई आपसमा जोड्ने र उत्प्रेरणा दिने समाधानका रुपमा रहनुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको कामना गरे।

कार्यक्रममा डा. श्रेष्ठद्वारा प्रस्तुत बुदाँमा मनमारा, सल्लाको सुइरो, सालको पात, आरो पस्चात निक्लने धुलो लगायतका बनस्पतिय अपशिष्टको प्रयोग गरि बायो उर्जा उत्पादन गर्न सकिने र मुख्य ईन्धनको स्रोत प्रयोगमा नआएका ग्रामिण बस्तीमा बायो उर्जालाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्न सकिने उल्लेख थियो । साथै उनले नेपालको नवीकरणिय उर्जाको क्षेत्रमा प्रविधी हस्तान्तरण, पारिस्थितिक प्रणाली, जनमानसमा प्रयुक्त अचेतन आदीलाई मुख्य चुनौतीका रुपमा प्रस्तुत गरेका थिए।

त्यसैगरि, कार्यक्रममा क्लिन कूक अलायन्सकी करुणा बज्राचार्यले असल अभ्यास र जीवकोपार्जनमा यसको तात्पर्य बिषयमा प्रस्तुतीकरण दिएकी थिईन। प्रस्तुतीका क्रममा बज्राचार्यले स्वास्थको दृष्‍टिकोणबाट पनि जनमानसमा मौजुद दाउरा बाल्नुपर्छ भन्ने मान्यता र चलनमा बदलाव ल्याउन नवीकरणिय उर्जाको महत्व बारे जानकारी दिलाउन आवश्यक रहेको सन्दर्भ उजागर गरिन्। साथै, शुद्ध प्रविधीको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिईन् ।

कार्यशाला माझ विण्ड पावर नेपालका संस्थापक एवम् प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङले ठुलो प्रकृतीका बायोग्यास प्लान्टका चुनौती बिषयमा आफ्नो प्रस्तुती दिएका थिए। सो क्रममा उनले आफुहरुले एलपिजी ग्यासको विकल्प खोज्दै पोखरामा चार हजार क्युविक मिटर आकारको प्लाटबाट सिलिण्डरमा बायोग्यास भर्दै बिक्री गर्दै आएको जनाउदै आफ्नो कम्पनी बायोग्यास उत्पादन गर्ने नेपाल कै पहिलो कम्पनी रहेको जानकारी गराएका थिए। साथै, नेपालमा ठुलो परिमाणमा बायोग्यास उत्पादन गर्ने कम्पनीको उदेश्य रहेको बताउदै उनले ठुलो परिमाणमा उत्पादन गर्न कम्पनीले गर्दै आएको प्रयास र चुनौतीका बारेमा प्रकाश समेत पारेका थिए।

ततपस्चात् युएसवाईसी अन्तर्गतको ग्रीन ईनर्जी एसेसमेंट रिसर्चकी प्रोजेक्ट लिडर सिजल पोखरेलले हरित उर्जा मुल्यांकन अनुसन्धान अर्थात गियर कार्यक्रमको निचोडका बिषयमा प्रस्तुती दिएकी थिईन्। प्रोजेक्ट लिडर पोखरेलले त्यसै खेर जाने वानस्पतिक स्रोत भएका ठाउँमा नवीकरणिय उर्जा उत्पादन गरि प्रयोगमा ल्याउदाको अवस्थामा उर्जा विविधिकरणको सम्भावना रहने औंल्याईन। साथै, पोखरेलले फर्निचर, प्लाईउड जस्ता उद्योगमा रहने अधिक मात्राको अपविष्टलाई पेलेट अर्थात गोलीको रुपमा प्रयोगमा ल्याउन सकिने स्पष्ट पारिन्।

ततपस्चात् नेपालमा नवीकरणिय उर्जा प्रविधीको प्रवर्द्धन गर्ने उदेश्य प्रेरित समस्याको मिहिन पहिचान, अवसर र भावी रणनितीको खोजका लागि कार्यशाला माझ ब्यवसायी, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा निजी क्षेत्र सम्बद्ध प्रतिनिधी बिच समुह छलफल गराईएको थियो । यस सत्र माझ ईमर्जिङ टेक्नोलोजीका अभिशेक यादव, नवीकरणिय उर्जा, पानी आपूर्ति तथा फोहर मैला ब्यवस्थापन केन्द्र चितवनका प्राचिन लाल श्रेष्ठ, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका प्रतिमा केसी, बायोमास ईनर्जी इन्टरप्रेनर एशोसियसन नेपालका अध्यक्ष सुशिल ज्ञवालीले वक्ताको रुपमा बोलेका थिए।

सो अवसरमा प्रस्तुतकर्ताहरुले हालसालैको अध्ययनले वानस्पतिक बुटयानबाट दुई दशमलव सात छ मिलियन बायोमास पेलेटका रुपमा उत्पादन गर्न सकिने र त्यसलाई उद्योगहरुमा तापिय उर्जाका रुपमा प्रयोगमा ल्याउन सकिने औंल्याएका थिए । त्यसो गर्न सकिएको खण्डमा वातावरणिय सुरक्षा र नेपालको व्यापार घाटा कम गर्न मद्दत मिल्ने उनीहरुको सुझाव छ।

ग्रीन ईनर्जी एसेसमेंट रिसर्च प्रोजेक्टकी लिडर सिजल पोखरेलले कार्यशालाको उद्देश्य वातावरण मैत्री उर्जा समाधानका लागि भावी दिनमा हुने छलफल र कार्यगत एकतामा सहयोग पुर्याउने रहेको बताईन्। साथै, यस क्षेत्रका विज्ञ, विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत बिद्यार्थी, अन्वेषक, अनुसन्धानकर्ता र सरोकारवाला बिच समन्वय स्थापित गराउन कार्यशाला फलदायी बन्नेमा आफू लगायत गियर टिमका सदस्यहरु विश्वस्त रहेको पनि उनले स्पष्ट पारिन्।
प्रसारण मिति–२०७६ साल मंसीर ८ गते आइतवार ।