Ayaodhya Prd Yadavकाठमाडौ। नेपालको निर्वाचन आयोगमा रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा सोमवार डा.अयोधीप्रसाद यादव नियुक्त भएका छन्। डा.यादवले सोमवार नै निर्वाचन आयोगमा पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण्न गरेको लगतै पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा आफूले सवैको साथ र समर्थन पाएमा यही मंसीर महिनामा स्थानिय निर्वाचन संपन्न गर्ने बताए। नव–नियुक्त प्रमुख निर्वाचन आयुक्त डा. यादवले आफू तीनवटै निर्वाचन गर्न तयार रहेको समेत भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।