Nai Nabhannu La 4काठमाडौ। नेपाली चलचित्र उद्योगमा नामी पटकथाकारको रुपमा स्थापित बनेयता चलचित्र निर्माता तथा निर्देशक बन्दैआएका विकास आचार्यको पछिल्लो चलचित्र नाइँ नभन्नु ल ४ को सोमवार प्रोमो सार्वजनिक गरिएको छ।

पहिलो चलचित्र नाइँ नभन्नु ल को अपार सफलतापश्चात सोही चलचित्रको सिक्वेलको रुपमा क्रमिक रुपमा सोही नामवाट चलचित्र बनाउंदै आएका आचार्यको नाइँ नभन्नु ल ४ मा भने तीन नयाँ कलाकारहरु पल शाह, बर्षा राउत र आँचल शर्माले डेब्यु गरेका छन्। साथमा हट नायिका प्रियंका कार्की, अनुभव रेग्मी र अमेरिका रिटर्न बरिष्ठ अभिनेता सरोज खनालको समेत अभिनय रहेको छ।

Priyanka Karki Hot in Fanko 1चलचित्रको प्रोमो सार्वजनिक कार्यक्रममा नायिका प्रियंका कार्कीले चलचित्र युनिट परिवार जस्तो अनुभव भएको र नाइँ नभन्नु ल मा लगातार काम गर्न पाएको बताएकी छन्। चैत्र २६ गतेदेखि यस चलचित्रको नेपालभर रिलिज हुने भएको छ। चलचित्रको प्रोमोसंगै एक गीतको पनि रिलिज गरिएको थियो।
प्रकाशन मिति–२०७२ साल चैत्र ३ गते बुधवार ।