काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाह विन्दास बनेका छन्। विन्दास बनेर आफ्ना शुभचिन्तकहरुसंग मज्जाले नाँचेर रमाइलो गरेका छन्। उनीहरुलाई फ्लाइङ्ग किस दिएर अभूतपूर्व रमाइलो गर्न चुकेका छैनन्। आम नेपाली नागरिक सरह पूर्वराजाको रमाइलो नाच रातारात भाइरल पनि बनेको छ।

गत शनिवार राति पूर्व राजा ज्ञानेन्द्र शाह वुहारी हिमानी तथा छोरी प्रेरणा र नातिनीलाई लिएर ठमेल स्थित नाइट क्लवमा गएका थिए। त्यहाँ ज्ञानेन्द्रले सर्वसाधारण नागरिक सरह निकै मनोरञ्जन गरे। नाइटक्लवमा रातो र चन्द्र सूर्य गीतमा नाचे, समर्थक र सर्वसाधारणसंग झुमे । सबैसंग हात मिलाउँदै सेल्फी खिचे।

छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्वराजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो व्यापक भाइरल भैरहेको छ। ससुरा ज्ञानेन्द्र मज्जाले सर्वसाधारणसंग रमाएपछि हिमानी मुस्कुराउंदै रमाएकी थिइन्।

प्रकाशन मिति–२०७६ साल मंसीर ३ गते मंगलवार ।