Nite Life 4काठमाडौ । दैनिक तनाबपूर्ण जीवनबाट थाकेकाहरुको लागि निश्चित गन्तव्य रात्री जीवन बनेको छ। रात्री जीवन यानी नाइट लाइफबाट कतिपयले जिन्दगीलाई मधुर बनाउने गरेको पाइन्छ। कतिपयको बर्बाद पनि हुने गरेको छ। नाइट लाइफको नाममा पूरै रात जुवा–तास तथा मदिरामा लठ्ठ बन्नेहरुले घर–परिवारलाई सडकमा ल्याउने गरेको छ । अर्कोतर्फ सुन्दर जीवनलाई नर्कमय पार्ने कार्य समेत भएको छ।

नाइट लाइफ भन्दै काठमाडौका पाँचतारे होटलमा संचालित क्यासिनोमा जान बढी मन पराउने नेपाल राष्ट्र बैंकको राम्रो जागिरे समेत रहेका एक चलचित्र निर्देशकले क्यासिनोबाट बर्बाद बनेपछि आत्म हत्या गर्ने कोशिश गरेको समाचार पुरानो भएको छैन्। नेपालीहरुलाई प्रवेश–निषेध भनिएको क्यासिनोमा अवैध रुपमा प्रवेश गराएको व्यापक आरोप खेपेका क्यासिनोलाई हाल सरकारले बन्द गराएको छ ।

Nite Life 2नाइट लाइफको नामबाट संचालित क्यासिनो जस्ता जुवाघर बन्द भएबाट धनाढ्यका घरगृहिणीहरु खुशी देखिएका छन् । श्रीमानहरु टाइममा नै घर फर्कने गरेकोमा उनीहरुले खुशी मनाएका छन् । एकातिर क्यासिनोले ल्याएको नाइट लाइफ नेपालमा विभिन्न नाम तथा बहानामा विस्तार भएको पाइएको छ। कुनै जमानामा क्याभ्रे डान्स संस्कृतिबाट विकास भएर गजल गायन हुँदै नेकेट डान्ससम्ममा विस्तारित बन्यो । पछि त्यसमा अत्यन्त कडाइ गरेपछि लोकदोहरी साँझको नाममा बढी चल्यो।

Nite Life 3

नाइट लाइफमा एकातिर लोकदोहरी र अर्कोतिर पाश्चात्य डान्स बारको बोलवाला अद्यावधिक रहेको छ । जसमा प्रहरी प्रशासनको समेत मिलोमतो हुनुबाट यो व्यवसाय मौलाएको छ । दोहरी तथा डान्सबारमा गएर रंगीन रातलाई रमाइलो बनाउने रसिक मन भएकाहरुको लागि अघोषित रुपमा संचालित यौन व्यवसायले पुट दिने गरेको देखिन्छ ।
नपत्याउंदो तरिकाले यौन व्यवसायलाई मलजल दिने कार्य नाइट लाइफबाट भैरहेको पाइएको छ।

हजारौलाई रोजगारी दिन सफल तथा प्रत्येक रात करोडौको व्यापार गरिरहेको नाइट लाइफले राज्य र सरकारलाई मनग्य राजश्व दिएको छ। यतिधेरै राजश्व दिने नाइट लाइफलाई विदेशमा जस्तो व्यवस्थित रुपमा संचालन गर्न र गराउन सरकार भने असफल देखिएको छ । व्यवस्थित रुपमा नाइट लाइफलाई संचालन गर्न सकेको खण्डमा धेरैको रोजीरोटीको माध्यम बनेको यो व्यवसायको ग्यारेन्टी गर्न सकिने प्रशस्त सभावना रहेको छ।

सवैतिर व्यवस्थित भएपछि दिनभरको थकानलाई शान्त पार्न खोज्नेहरुलाई नाइट लाइफले टेवा दिने कुरामा दुई मत नहोला । जतिखेर पनि डरैडर नाइट लाइफमा हुनुहुंदैन। यस स्थानमा आइपुग्दा आफू सुरक्षित हुन्छु भन्ने महशुश भएमा कसैलाई पनि त्यस स्थानमा बसेर निश्फ्रिकी रमाइलो गर्ने मूड हुन्छ।
एक्लै मात्र आउने पनि साथीभाइ तथा परिवारका साथ आएर रमाइलो गर्ने सोचको विकास हुने निश्चित हुन्छ।

Nite Life 5

त्यसको लागि विदेशमा जस्तो नाइट लाइफमा विभिन्न खाले पर्यटकीय सम्मानजनक सुविधाहरु हुनु आवश्यक छ । नेपालमा काठमाडौको ठमेल, दरबारमार्ग तथा पोखराको लेकसाइड जस्ता स्थानमा नाइट लाइफले नयाँ अवधारणा ल्याउने कोशिश भएको पाइन्छ । त्यसमा थप नयाँपन तथा आकर्षण ल्याउन सकेमा बैंकक तथा युरोपको जस्तो नेपालमा नाइट लाइफ हुने पक्का–पक्की देखिन आउनेछ । बैंकक तथा युरोपका नाइट लाइफमा सडकमा नै खुलेआम थकित मनलाई आराम दिनको लागि बडी मसाज गर्न पाइन्छ । जुन नेपालमा अझैपनि मसाजलाई सहज रुपमा लिन सकेको पाइदैन।

Nite Life 7मसाजलाई कतिपय स्थानमा यौन व्यवसायको रुपमा हेरिने परम्परा यहाँ रहेकोले बडी मसाज गर्न खोज्नेहरुले पनि सुरक्षित महशुश गर्न पाइएको देखिदैन। कतिखेर प्रहरीको खानतलासीमा परेर बेइज्जतिमा पर्ने हो भनेर डर उनीहरुमा रहेको छ । अर्कोतर्फ नाइट लाइफको नाममा एक रात घरमा नसुतिकन स्थान फेर्ने हिसावले होटल तथा गेष्ट हाउसमा रात विताउन चाहनेहरु पनि डरमा पर्नुपर्ने देखिएको छ।

Nite Life 6

अवैध यौनधन्दा हुने गरेको नाममा होटल तथा गेष्ट हाउसहरुमा प्रहरीले गर्ने छापा मार्ने कार्यले नाइट लाइफ विताउनेहरुले हैरानी खेप्न बाँध्य बन्नु अवश्य पनि राम्रो होइन । यी यावत कमी–कमजोरीले गर्दा सहज रुपमा नेपालमा नाइट लाइफ विताउन अलि कठिन भैरहेको छ । त्यसतर्फ नाइट लाइफ तथा पर्यटन व्यवसायी सवै मिलेर यसको उचित व्यवस्थापन गर्न सकेमा सुरक्षित महशुश हुने छन् । चोरी,लुटपाट तथा बलात्कार जस्ता घटनाहरुको न्यूनिकरण हुनेछन्।

प्रकाशन मिति–२०७२ साल पुष १९ गते आइतवार ।