Nakabandi ko birodha ma manab sanglo 2Nakabandi Sanglo 3????????????????????????????????????काठमाडौ। भारतको नाकाबन्दी विरुद्ध अन्तरराष्ट्रियकरण गर्न सोमवार सिंहदरवारको दक्षिण गेटदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव साङ्गलो प्रदर्शन गरिएको छ।

नेपाली चलचित्रका कलाकार देखि जनताका गायक रामेश, रायन लगायत चलचित्र बलिदानका निर्माता श्याम सापकोटा, लेखापरीक्षक डोलप्रसाद दाहाल, पूर्वमन्त्री लालबाबु पण्डित देखि पूर्वप्रधानमन्त्री झलनाथ खनालसम्म देखिए।

६ किलोमिटर लामो मानव साङ्गलो कार्यक्रम दिउंसो २ बजेदेखि ३ बजेसम्म भएको थियो। उक्त कार्यक्रम मार्फत नेपाल र नेपालीले भोगेको संकट अन्तरराष्ट्रियकरण गर्न सिंहदरवारलाई राष्ट्रसंघसंग जोड्ने प्रयास भएको आयोजकहरुले बताए।Nakabandi ko birodha ma manab sanglo 1

प्रकाशन मिति–२०७२ साल मंसिर १४ गते सोमबार ।