काठमाडौं। नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

कोषको सोमबार बसेको सञ्चालक समितिको बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

कोषको सञ्चालक समितिका अध्यक्ष एवम् सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामती कर्मचारीले योगदान गरे सरह दशौँ तहसम्मका अधिकृतले सात, अन्य अधिकृतले पाँच र सहायकस्तरका कर्मचारीहरुले तीन दिनको तलब बराबरको रकम सहयोग गर्ने भएको राससको खवर रहेको छ।
प्रकाशन मिति–२०७६ साल चैत १९ गते बुधवार ।