–सानुराजा पुरी
काठमाडौं। नागार्जुन मनोरम पहाडको फेदीमा मयुर आकारमा फैलिएको केही उच्च भूभागदेखि समथर भूभाग, तरेली परेको फाँट अनि तीव्र गतिमा बढिरहेको शहरीकरणको क्षेत्र नागार्जुन नगरपालिकाले भिजिट नेपाल २०२० लाई लक्षित गरेर वाकाथुन (पैदलयात्रा) कार्यक्रम आयोजना माघ २५ गते गर्ने घोषणा गरेको छ।

स्वयम्भू बुद्धपार्कबाट शुरुभै नगरका विभिन्न पर्यटकीय स्थलको भ्रमणका साथ विभिन्न जातीको नाच, झाकी प्रर्दशन गर्ने तयारी भएको नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्त थुम राज के.सी.ले जानकारी दिएका छन्। नागार्जुन नगरपालिका प्रमुख मोहन बस्नेतले नागार्जुनको संबृद्धिको आधार, पर्या–पर्यटन सहितको पूर्वाधार र आवासिय नगर बनाउने २० बर्ष रणनीतिक योजना रहेको, पर्यटकीय महत्व बोकेको यस नगरमा पर्यटन सम्भावनलाई उजागर गर्न सबैको साथ र सहयोगको अपेक्षा राखेको वताए।

इचङगु नारायण, महाभारत–रामायण र स्वस्थानी कथामा उल्लेख गरिएका स्थानहरू भिमढुङ्गा, रामकोट, सीतापाइला, हरिसिद्धि माता, कल्पेश्वर महादेव, आदेश्वर महादेव, हल्चोक आकाश भैरव, बद्री नारायणधाम, भुवनेश्वरी मन्दिर, कोटश्य भैरव, तारकेश्वर मन्दिर, पञ्चकन्या माता, भिमसेनस्थान र महेश नारायण त्यसैगरी विभिन्न जात, जाती, धर्म–सम्प्रदायको संस्कृतिको नमुना, सदभाव र आत्मीयताको अनुपम उदाहारण हसनटार गुम्बा, सेतो गुम्बा, जामाचो आदि नगरका प्रमुख पर्यटकीय स्थलहरू भ्रमण गर्न नगर प्रमुख मोहन बस्नेतको विशेष अनुरोध रहेको थियो।

नेपाल–अङग्रेज युद्धमा नालापानी युद्धका कमाण्डर बलभद्र कुँवर यही नगरका बासिन्दा थिए। नेपाल एकीकरणको अभियानमा पृथ्वी नारायण शाहले उपत्यका र कीर्तिपुर आक्रमण गर्दा बनाएका किल्ला, गढी, वातावरण विदहरूको सम्झनामा बनेको पार्क, शहीद प्रधुम्न खडकाको शालिक, पुरानो गौचरनसमेत नगरका ऐतिहासिक धरोहर हुन। प्रचुर पर्यटकीय सम्भावना बोकेको यस नगरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन सकिन्छ।

त्यसैगरी रानीवन क्षेत्र, थाप्लेलगायतका होमस्टे, स्वीजरल्याण्ड पार्क, ह्वाइट गुम्बा आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्यस्थल बनाउन र पहिचाहान गराउन कार्यक्रम आयोजना गरिएको बाकाथुन कार्यक्रमका संयोजक पर्यटन विज्ञ डा. आलोक प्रसाईले जानकारी गराए।
प्रकाशन मिति–२०७६ साल माघ २४ गते शुक्रवार ।